spot_img

राष्ट्रपतिको बचाउ गर्दै प्रधानमन्त्रीले भने – यो सरकार उहाँकै हो

spot_img
spot_img

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दा ‘मेरो सरकार’ भन्नुलाई नकरात्मक रुपमा लिन नहुने बताएका छन्। शनिबार बिहान बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिको भनाइको बचाउ गर्दै मेरो सरकार भन्नुलाई अन्यथा रुपमा लिन नहुने बताएका हुन् । यद्यपी यसबारेमा राष्ट्रपतिको चर्काे आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति नेपालको राष्ट्रप्रमुख भएको र राष्ट्रप्रमुखले ‘मेरो सरकार’ भन्नु जायज भएको तर्क गरे । उनले भने यसलाई अन्यथा अर्थमा बुझ्नु गलत हो’राष्ट्रप्रमुख राष्ट्रपति नै भएकाले सरकार राष्ट्रपतिकै हो।

प्रधानमन्त्री ओलीले मेरो सरकार भन्नुलाई गलत रुपमा अर्थाउन खोजिएको भन्दै त्यसलाई सञ्चारमाध्यम र बौद्धिक वर्गले फराकिलो ढंगबाट बुझ्नुपर्ने बताए । राष्ट्रप्रमुखको हैसियतमा यो सरकार राष्ट्रपतिकै भएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले ‘मेरो सरकार’ भन्ने प्रचलन भारतसहित अन्य मुलुकमा पनि भएको तर्क गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय