शेखर कोइराला समूहको भेला आज

spot_img

काठमाडौँ,१७ वैशाख । नेपाली कांग्रेस का नेता डा. शेखर कोइरालाले आज आफ्नो समूहको छुट्टै भेला आयोजना गरेका छन्। बागमती प्रदेश केन्द्रित यस भेलामार्फत समूहले आन्तरिक संगठन सुदृढीकरण र आगामी रणनीतिबारे छलफल गर्ने तयारी गरेको छ।

भेलाबारे जानकारी दिँदै निवर्तमान सहमहामन्त्री जीवन परियार ले बागमती प्रदेशभित्रका बहालवाला तथा निवर्तमान केन्द्रीय सदस्य, पदाधिकारी, जिल्ला सभापति र पूर्वसभापति, सांसद तथा पूर्वसांसद, प्रदेश सभा सदस्य तथा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको बताए।

पछिल्ला दिनमा पार्टीभित्र गुटगत गतिविधि बढिरहेका बेला यो भेला महत्वपूर्ण रूपमा हेरिएको छ। यसअघि पार्टी सभापति पक्षले बोलाएका भेलामा कोइराला समूहका नेताहरू सहभागी नभएका थिए, जसले आन्तरिक समीकरणमा थप चासो पैदा गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय