मधेशसहित पहाडी र हिमाली क्षेत्रमा वर्षा र चट्याङको सम्भावना

spot_img

काठमाडौँ,१७ वैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखा ले आज देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको जनाएको छ।

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी क्षेत्र नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय प्रणाली सक्रिय रहेकाले अधिकांश स्थानमा बदली भएको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही भागमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ। मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि यस्तै मौसम देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेषगरी कोशी र मधेश प्रदेशका साथै पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र मध्यम वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने जनाइएको छ।

आज राति भने हिमाली क्षेत्रमा सामान्य बदली र पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

मौसममा आएको यस परिवर्तनसँगै नागरिकलाई सतर्कता अपनाउन तथा आवश्यक सुरक्षा सावधानीहरू अपनाउन आग्रह गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय