वनभोज खान गएका सहायक लेखापाल महाकालीमा वेपत्ता

spot_img

डडेल्धुरा, २१ वैशाख – भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्वर पाल  महाकाली नदीमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका छन् ।

शनिबार गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका १ रुपाल स्थित महाकाली नदी किनारमा  वनभोज खान गएका थिए ।

साेही समयमा महाकाली नदीमा नुहाउने क्रममा सहायक लेखापाल पाल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्वर केसीले जानकारी दिए ।

वेपत्ता भएका लेखापालको खोजी भइरहेको समेत प्रहरीले जनाएकाे छ ।

गाउँपालिका अध्यक्ष कौशीला भटट् सहितका जनप्रतिनिधि पनि वनभोज खान महाकाली नदी किनारमा गएका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय