मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
20.5 C
Kathmandu
29.3 C
Birgunj

लिबियामा जारी युद्धमा एक सय ८७ जनाको मृत्यु , एक हजार भन्दा बढी घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

लिबियाको राजधानी त्रिपोलीको दक्षिणी क्षेत्रमा पछिल्ला केही वर्षदेखि जारी युद्धमा एक सय ८७ जनाले ज्यान गुमाएको र एक हजार एक सय ५७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

- Advertisement -

‘सरकारले कैयौं घाइतेहरुलाई उपचारका लागि ट्युनिसिया, टर्की, इटाली र युक्रेनमा स्थान्तरण गरेको छ,’ चिकित्सा क्षेत्र अन्तर्गत सरकारी बलका प्रमुख तारेक अल महशिरीले भने ।

राजधानी त्रिपोलीमा नियन्त्रणका लागि पूर्वी लिबियाका सैन्य कमाण्डर खलिफा हफ्तरले सुरु गरेको आक्रामक अभियान पनि पाँचौ हप्ता पुगिसकेको छ ।

- Advertisement -

संयुक्त राष्ट्र समर्थित सरकार (जीएनए) ले शनिबार जारी गरेको बयानमा भनिएको छ, सन् २०१४ को लिबिया गृहयुद्धमा ज्यान गुमाएका सात सय १० जनालाई शहीद घोषणा गरिएको थियो ।

लिबियाको बिग्रँदो सुरक्षा स्थितिलाई देखेर अन्तर्रा्ष्ट्रिय शक्तिहरुले त्यहाँबाट आफ्ना सुरक्षाकर्मीहरु हटाउन सुरु गरिसकेका छन् । लामो समयसम्म लिबियामा शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा मारिएपछि लिबियामा हिंसा र राजनीतिक अस्थिरता कायम छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -