Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

सर्लाहीमा तीन मोटरसाइकल आपसमा...

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको...

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...
spot_img

लिबियामा जारी युद्धमा एक सय ८७ जनाको मृत्यु , एक हजार भन्दा बढी घाइते

spot_img

लिबियाको राजधानी त्रिपोलीको दक्षिणी क्षेत्रमा पछिल्ला केही वर्षदेखि जारी युद्धमा एक सय ८७ जनाले ज्यान गुमाएको र एक हजार एक सय ५७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

‘सरकारले कैयौं घाइतेहरुलाई उपचारका लागि ट्युनिसिया, टर्की, इटाली र युक्रेनमा स्थान्तरण गरेको छ,’ चिकित्सा क्षेत्र अन्तर्गत सरकारी बलका प्रमुख तारेक अल महशिरीले भने ।

राजधानी त्रिपोलीमा नियन्त्रणका लागि पूर्वी लिबियाका सैन्य कमाण्डर खलिफा हफ्तरले सुरु गरेको आक्रामक अभियान पनि पाँचौ हप्ता पुगिसकेको छ ।

संयुक्त राष्ट्र समर्थित सरकार (जीएनए) ले शनिबार जारी गरेको बयानमा भनिएको छ, सन् २०१४ को लिबिया गृहयुद्धमा ज्यान गुमाएका सात सय १० जनालाई शहीद घोषणा गरिएको थियो ।

लिबियाको बिग्रँदो सुरक्षा स्थितिलाई देखेर अन्तर्रा्ष्ट्रिय शक्तिहरुले त्यहाँबाट आफ्ना सुरक्षाकर्मीहरु हटाउन सुरु गरिसकेका छन् । लामो समयसम्म लिबियामा शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा मारिएपछि लिबियामा हिंसा र राजनीतिक अस्थिरता कायम छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय