Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

विश्व चर्चित प्रभावशाली दार्श्निक कार्ल मार्क्सको जन्मजयन्ती आज मनाउँदै

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डौ, २२ बैशाख — आइतबार राजनीतिक शास्त्री कार्ल मार्क्सको जन्मजयन्ती मनाइदैछ । उहाँको जन्म सन् १८१८ को मे ५ मा पर्सियामा भएको थियो ।

- Advertisement -

कार्ल मार्क्सलाई आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनितिक दार्श्निक मानिन्छ । सन् १८४५ मा २९ वर्षको उमेरमै मार्क्सले फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणापत्र लेख्नुभएको थियो ।

यो घोषणापत्र संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको दस्तावेज मानिन्छ । घोषणापत्रले पुँजीवादी विश्व समाज कसरी परिवर्तन हुन्छ र शोषणरहित र पूर्ण रूपमा मुक्त समाजको निर्माण कसरी सम्भव छ भन्ने व्याख्या गरेको छ ।

- Advertisement -

झण्डै १ सय ७० वर्षपछि पनि समाज परिवर्तनको स्वरूप विश्लेषण गर्न यो दस्तावेज सफल छ भनेर कम्युनिष्ट पार्टीहरुले दाबी गर्ने गरेका छन् ।

पछिल्ला दिनमा विश्वमा देखिएका पुँजीवादी स्वरूपहरू र वर्ग विभाजनको अवस्थालाई हेर्दा मार्क्सको घोषणापत्र झनै आवश्यक र व्यावहारिक रहेको मार्क्सका अनुयायीहरुको दावी छ ।

तर पछिल्लो समय कार्ल मार्क्सको नाम मात्र लिने तर उनले देखाएको बाटोमा नलाग्ने गरेको भन्दै आलोचना पनि हुने गरेको छ । नेपालमा पनि कम्युनिष्ट पार्टीहरुले आइतबार मार्क्सको जन्मजयन्ती मनाउँदैछन् ।

ताजा समाचार

spot_img

थप समाचार