[ndc-today-date]
[ndc-today-date]

कञ्चनपुरका वन अधिकृत ठाकुरमाथि...

कञ्चनपुर,०८ जेठ । डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत राम विचारी ठाकुरमाथि कालो...

बीरगन्ज महानगरमा जनसम्पर्क सल्लाहकारको...

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

केटी भगाएको आरोपमा वडा कार्यालयमै झै–झगडा कुटपिट

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

महोत्तरी, २२ बैशाख — महोत्तरीको सोनमा गाँउपालिकामा केटी भगाएको भन्दै दुई जना निर्घात कुटिएका छन् । सोनमा गाँउपालिका १ की एक युवतीलाई भगाउन बिहे गरिदिनको लागि सहयोग गरेको भन्दै गाउँका शंकर साह र रामु साहमाथि कुटपिट भएको हो । उनीहरु बाबुछोरा हुन् ।

- Advertisement -

पीडितहरुले गाउँपालिका प्रमुख राजकुमार यादव, वडाध्यक्ष अशोक यादव र प्रमोद यादवले आफूहरुलाई हातखुटा बाँधेर निर्घात कुटपिट गरेको आरोप लगाएका छन् । जनप्रतिनिधिहरु नै कुटपिटमा संलग्न भएको कारण घटना ढिलो गरी सार्वजनिक भएको बताएको छ ।

वैशाख १८ गते भएको घटना सम्बन्धमा आयोजित छलफलकै समयमा वडा कार्यालयकै परिसर भित्रै दुवैजनामाथि कुटपिट भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनाको सम्बन्धमा ढिलो गरी निवेदन परेको र घटना सम्बन्धमा आवश्यक छानबिन भैरहेको प्रहरी निरीक्षक किशोर आर्चायले जानकारी दिए ।

- Advertisement -

कुटपिटबाट दुवै जनाको शरीरमा निलडामहरु रहेको र घाउ जाँचको लागि स्वास्थ्य संस्था पठाइएको उनले बताए । आफूहरुलाई घटनास्थलमा रहेका प्रहरीले समेत अस्पताल नलगी घरमा छाडेको पीडित शंकर साहको गुनासो छ ।

भागेको केटीलाई २४ घण्टाभित्र फिर्ता ल्याउन गाँउपालिका अध्यक्षले यादवले चेतावनी दिएपछि भने आफूहरुमाथि कुटपिट रोकिएको साहले बताए ।

गाउँपालिका प्रमुख राजकुमार यादवले भने आफूहरुलाई छलफल गराइदिन भन्दै दुबै पक्षले भनेको कारण छलफलमा सहभागी भएको र छलफलको क्रममा कुनै प्रकारको कुटपिट नभएको दावी गरेका छन् । घटनालाई राजनीतीकरण गर्न खोजिएको र आफू र आफ्नो वडा अध्यक्षको उक्त कुटपिट घटनामा संलग्नता नरहेको उनले बताए ।

ताजा समाचार

spot_img

थप समाचार