spot_img

कर्णालीको नून र चामल बाटामै बेचिन्छ, किन कारवाही हुँदैन ?

spot_img
spot_img

काठमाडौँ । राजधानीको मुटुमा रहेको सङ्घीय संसद् भवनमा सरकारको नीति तथा कार्यक्रम आउँदै गर्दा कर्णालीमा बाटाबाटै नून बेचिन्छ, चामल बेचिन्छ। अरू धेरै चीज बेचिन्छ। यो प्रतिनिधिसभाको आइतबारको बैठकमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद गजेन्द्र महतको भनाइ हो।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद महतले कर्णाली प्रदेशलाई नीति तथा कार्यक्रममा समावेश नगरेकामा गुनासो गरे। उनले कर्णालीका लागि गएको नुनचामल बाटामा बेच्नेहरुमाथि कारवाही गर्न पनि माग गरे।

केही दिन पहिले जाजरकोटमा नेपाल खाद्य संस्थानले पठाएको चामल बाटामा नै बेचिएको समाचार सार्वजनिक भएको थियो। सांसद महतले भने, ‘नीति तथा कार्यक्रम राम्रो छ, यो मेरो पार्टीको सरकार हो तर कर्णालीलाई जुन उचाइबाट सम्बोधन हुन्छ भन्ने अपेक्षा थियो त्यसो भएन, त्यसमा कमजोरी भएको छ।’ कर्णालीका जनताले सिटामोल र अहेव खोजिरहेको भए पनि गणतन्त्रमा समेत जनशक्ति नपाएको गुनासो उनले गरे।

सांसद महतले भने, ‘हामी कर्णालीमा डाक्टर खोजिरहेका छौँ, तर सुगम क्षेत्रका तपाईंहरु डाक्टर अब बढी भयो भनिरहनुभएको छ। हामी खरिदार मुखिया खोजिरहेका छौँ, तपाईंहरु रोजी रोजी सचिव फेरिरहनुभएको छ। हामी उता खच्चड र ट्याङ्करलाई माला लगाइरहेका छौँ, तपाईंहरु विमानस्थल ठूला ठूला बनाउने भनिरहनुभएको छ। ठूला विमानस्थल पनि बनाउने हो तर कर्णालीलाई पनि सम्बोधन गर्नुप¥यो भन्ने मेरो भनाइ हो।’

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय