माइतीघर मण्डलामा ६१औँ जातीय विभेद उन्मूलन दिवस

spot_img

काठमाडौं,०७ चैत । ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा राजधानीको माइतीघर मण्डलामा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा दलित अधिकारकर्मी, मानवअधिकारवादी तथा विभिन्न नागरिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले जातीय विभेद र छुवाछूतको अन्त्यका लागि एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सामाजिक समानता र न्याय सुनिश्चित गर्न राज्य तथा समाज दुवैको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

यस अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जातीय विभेदविरुद्धको आन्दोलन पद वा सत्ताभन्दा माथिको विषय भएको उल्लेख गरे। उनले सामाजिक न्यायका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै सरकारले गल्ती गरे पनि त्यसविरुद्ध बोल्न आफू पछि नहट्ने बताए।

कार्यक्रममार्फत जातीय विभेदमुक्त समाज निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिइएको आयोजकहरूले बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय