Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025
Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

२०० किलो लागूऔषध गाजासहित...

जनकपुर,१६ वैशाख । सुनसरीको बर्जु गाउँपालिका–३ स्थित नहर चोकबाट प्रहरीले झण्डै २०० किलो गाजासहित...

नेपालमा एक वर्षमा १६...

काठमाडौँ,१६ वैशाख । नेपालमा पछिल्लो एक वर्षमा १६ हजारभन्दा बढी घरेलु हिंसाका घटना...

आज मधेसमा हल्कादेखि मध्यम...

वीरगन्ज,१६ बैशाख । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु...

तुलसीलाल प्रतिष्ठानमार्फत सरकारी स्रोतको...

काठमाडौं,१६ बैशाख । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले नेकपा एमालेले तुलसीलाल...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
33.6 C
Birgunj
spot_imgspot_imgspot_img

विद्यार्थीलाई सहुलियतमा ग्यास उपलब्ध गराउन विद्यार्थी संगठनको एक हप्ते अल्टिमेटम

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका विद्यार्थी संगठनले विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएका छन् ।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले आइतवार नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल ज्ञापनपत्र बुझाउदै सहुलियत दिन माग गरेका हुन् ।

- Advertisement -

विगतमा पटक–पटक गरिएका विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने सहमति कार्यान्वयनका लागि सरकारलाई एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले जानकारी दिए । उनले एक हप्ता भित्र पनि आफूहरुको माग पूरा नभए सरकारविरुद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

त्यसैगरी ध्यानाकर्षण पत्रमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि नहुने गरी भ्रष्टाचार नियन्त्रण गर्न पनि निगमको गम्भिर ध्यानाकर्षण गराइएको छ । यता,नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलले भने तत्काल विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने अवस्था नरहेको बताए । उनले विगतमा गरिएका सहमति सम्बोधनका लागि आवश्यक छलफल गर्ने आश्वासन विद्यार्थी संगठनलाई दिए ।

ताजा समाचार

spot_img

थप समाचार