सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
13.8 C
Kathmandu
13.8 C
Kathmandu
21.6 C
Birgunj

मुम्बईसँग हारेपछि कोलकता बाहिरियो, हैदरावाद एलिमिनेटरमा प्रवेश, यस्तो छ क्वालिफायर समीकरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

इन्डियन प्रिमियर लिग आइपीएल २०१९ को प्लेअफ समिकरण पूरा भएको छ। आइतवार भएको लिग चरणको अन्तिम दुई खेलपछि क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने सबै टिमको टुङ्गो लागेको हो।

- Advertisement -

अन्तिम लिग खेलमा मुम्बई इन्डियन्सले कोलकता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेपछि सनराइजर्स हैदरावाद प्लेअफ पुग्ने चौथो टिम बनेको हो।

हारपछि कोलकता भने हैदारावादसँग समान १२ अंक भएपनि रनरेटमा पछि पर्दै लिग चरणबाटै बाहिरिएको हो।

- Advertisement -

कोलकतालाई पराजित गरेको मुम्बई भने १४ खेलबाट १८ अंक जोड्दै क्वालिफायरमा प्रवेश गरेको छ।

चेन्नाई सुपर किंग्स र दिल्ली कयापिटल्स समान १८ अंक जोडेको मुम्बई रनरेटको आधारमा पहिलो भएको छ। मुम्बईले अब क्वालिफायरमा फाइनल प्रवेशका लागि चेन्नाईसँग खेल्नेछ।

चेन्नाई आजै भएको पहिलो खेलमा किंग्स एलेभेन पञ्जावसँग पराजित भएको थियो।

यस्तै मुम्बईको जितपछि समान अंक भएपछि रनरेटमा मुम्बई र चेन्नाईभन्दा पछि परेको दिल्लीले एलिमिनेटरमा हैदरावादसँग खेल्नेछ।

कोलकतासँगै पञ्जाव, राजस्थान रोएल्स र रोएल च्यालेन्जर्स बैंगलोर भने लिगचरणबाटै बाहिरिएको छ।

मुम्बईको सहज जित

मुम्ईले यस सिजनको अन्तिम लिग खेलमा कोलकतालाई सहजै पराजित गर्‍यो। मुम्बईको घरेलु मैदान वाङखडेमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदे १३३ रन मात्र बनाउन सक्यो।

मुम्बईले १३४ रनको लक्ष्य १६.१ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्‍यो।

मुम्बईको लागि कप्तान रोहित शर्माले नटआउट ५५ रन बनाए। यस्तै सूर्य कुमार यादवले नटआउट ४६ रन जोडे। क्वेन्टन डे ककले ३० रन बनाए।

कोलकताका लागि क्रिस लिनले ४१, रोविन उथाप्पाले ४० र नितिश रानाले २६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। कोलकतालाई कम स्कोरमा रोक्न मुम्बईका लासिथ मालिंगाले ३ तथा जसप्रित बुमराह र हार्दिक पाण्ड्याले २-२ विकेट लिए।

 

प्लेअफ खेलहरु

क्वालिफायर

मुम्बई भर्सेस चेन्नाई, मंगलवार

एलिमिनेटर

दिल्ली भर्सेस हैदरावाद, बुधवार

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -