Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

बाबुरामको नयाँ शक्ति र उपेन्द्रको फोरम एकीकृत हुँदै, संसदमा राजपा र समाजवादी पार्टीको हैसियत बराबर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ—उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच आज औपचारिक रूपमा एकीकरण हुँदैछ। एकीकरणका लागि दुबै दलबीच सैद्धान्तिक सहमति भइसकेको छ।

सोमबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच एकीकृत भएको घोषणा हुँदैछ। एकीकृत दलको नाम समाजवादी पार्टी नेपाल हुनेछ। यादव र भट्टराई दुबैले पार्टीको संयुक्त नेतृत्व गर्नेछन्।

विगतमा पनि पटक-पटक दुई दलबीच एकीकरणको प्रयास भएको थियो। स्थानीय तह निर्वाचनअघि पनि दुई दलबीच एकीकरण प्रयास भएको थियो। पार्टी एकीकरणमा सहमति नभएपछि चुनावी तालमेल भएको थियो।

दुई दल एकीकरण भएपछि संघीय संसदमा अब मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र एकीकृत समाजवादी पार्टीको समान हैसियत हुने भएको छ। यसअघि राजपा तेस्रो ठूलो दल थियो। राजपाका १७ सांसद थिए। उपेन्द्रले नेतृत्व गरेको फोरमका १६ सांसद थिए। अब एकीकरण भई डा. भट्टराई थपिएपछि एकीकृत समाजवादीका पनि १७ सदस्य नै हुनेछन्।

दुबै दलको १७/१७ सांसद भए पनि राजपाका एक सांसद हाल निलम्बनमा नै छन्। सांसद रेशमलाल चौधरीको शपथ भए पनि टीकापुर घटनामा अदालतले जन्मकैद सजाय सुनाएपछि चौधरी थुनामै छन्। मतदानको अवस्थाबाहेक अन्य अवस्थामा भने दुबै दलको हैसियत समान हुनेछ। मतदानको अवस्थामा भने एकीकृत समाजवादी दलको एक सिट बढी हुनेछ।

संसदीय अभ्यासमा निलम्बित सांसदलाई पनि कूल संख्यामा गणना गरिने प्रचलन छ। मताधिकार भने हुँदैन।

ताजा समाचार

थप समाचार