Date
बिहि, असार ५, २०८२
Thu, June 19, 2025
Date
बिहि, असार ५, २०८२
Thu, June 19, 2025

उखु किसानको अनुदान खारेजको...

काठमाडौं,०५ असार । आगामी आर्थिक वर्ष २०८२/८३ देखि उखु किसानलाई दिँदै आइएको प्रति...

सांसद अमरेशकुमार सिंहद्वारा कानुनमन्त्री...

काठमाडौं,०५ असार । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री...

मधेश प्रदेश सरकारद्वारा स्थानीय...

जनकपुर,०५ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशभित्रका स्थानीय...

खेतमा जडान गरिएको विद्युतीय...

जनकपुर,०५ असार ।  बाली जोगाउन खेतमा तानिएको विद्युतीय तारमा करेन्ट लाग्दा धनुषामा एक...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
32.8 C
Birgunj
spot_imgspot_imgspot_img

मनीषा मृत्यु प्रकरण : चारआना सुन दाइजोको लागी हत्या गरेको आरोप

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २३ वैशाख । सिरहा नगरपालिका–१४ खिरौनाकी मनीषाकुमारी मण्डलको हत्या भएको माइती पक्षले आरोप लगाएको छ ।

- Advertisement -

विवाह भएको ६३ दिनमा गत बिहीबार राति २१ वर्षीया मनीषा आफ्नै ओछ्यानमा मृत भेटिएकी थिइन् । उनका बाबु रघुनाथ मण्डलले छोरीलाई यातना दिएर हत्या गरी ‘मृत अवस्थामा भेटिएको’ भन्ने देखाउने षड्यन्त्र भएको आरोप लगाए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘७ वैशाखमा ज्वाइँसहित छोरीलाई बिदा गरेको थिएँ,’ उनले भक्कानिँदै भने, ‘यातनाका कारण छोरीको मृत्यु भएपछि बिरामी छे भन्ने खबर आयो, मोबाइलमा कुरा गर्न खोज्दा सुतिसकेकी छ भन्दै सम्धिनीले कुरासमेत गर्न चाहिनन् ।’

मण्डलका अनुसार करिब १५ लाख मूल्य पर्ने घडेरी नौ लाखमा बेचेर एक्ली छोरी मनीषाको गत १६ फागुनमा भएको विवाहमा कबोलअनुसारको चारआना सुन दिइएको थिएन ।

‘त्यही सुनका कारण छोरीलाई घरमा पति, सासू, नन्दसहितले लगातार मानसिक तथा शारीरिक यातना दिन थालेको थाहा पाएपछि ३० चैतमा छोरीलाई घरमा ल्याएर ७ वैशाखमा बिदा गरेको थिएँ,’ उनले भने ।

गत १६ फागुनमा गोलबजार चोहर्वाका रघुनाथले एक्ली छोरी मनीषाको सिरहा नगरपालिका–१४ खिरौनाका २२ वर्षीय रामरेश मण्डलसँग सामाजिक परम्पराअनुसार विवाह गरिदिएका थिए । विवाहमा डिस्कभर मोटरसाइकल, एकतोला सुन, लत्ताकपडा, भाँडाकुँडा, भोजभतेरसहित करिब १० लाख रुपैयाँ खर्च भएको उनले सुनाए ।

‘विवाहकै वेलामा डिस्कभर मोटरसाइकल, नगद डेढ लाखसहित सवातोला सुन दिने कबोल गरे पनि खर्चले नपुगेपछि चारआना सुन बाँकी थियो,’ उनले भने, ‘विवाहमण्डपमै ज्वाइँले त्यसबारे विवाद झिकेका थिए, साथै कन्यादानका वेलामा मनीषाकी मामाले दिएको बाच्छीको पनि नगद नै माग गरेका थिए ।’

विवाहमा बाँकी रहेको चारआना सुन र कन्यादानको रकम माग गर्दै ज्वाइँ, सम्धिनी र नन्दले विवाहपछि छोरीलाई यातना दिएर १९ वैशाख राति ज्यान नै लिएको उनको दाबी छ । ‘घटना भएको राति छोरीलाई सन्चो छैन भन्दै छिमेकीले खबर गरेपछि सम्धिनीलाई फोन गरेर उपचारका लागि तत्काल लैजानुस्, सबै खर्च व्यहोर्छु भनेँ,’ उनले भने ‘सम्धिनीले सुतिसकेकी छ भन्दै फोन काटिन्, अत्तालिएर राति साढे १२ बजेतिर छोरीको घर पुग्दा छोरीको प्राणपखेरु उडिसकेको थियो ।’

छोरीको मृत्युपछि रघुनाथले उनको विवाहमा दिएको डिस्कभर मोटरसाइकल फिर्ता ल्याएका छन् । मनीषाकी बाबुले छोरीको हत्या भएको आरोपसहित जिल्ला प्रहरी कार्यालय सिरहामा किटानी जाहेरी दिएपछि सोधपुछका लागि झिकाइएका पति रामरेश र सासू तारादेवी मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवराज खरेलले शुक्रबार नै पति र सासूलाई नियन्त्रणमा लिएको बताए ।

ताजा समाचार

spot_img

थप समाचार