शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024
शनिबार, मंसिर २९, २०८१
Sat, December 14, 2024

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा...

एजेन्सी,२९ मंसिर । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको...

जनकपुर ३२ रनले पराजित,...

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)...

काठमाडौंमा १० स्रष्टालाई महानगरले...

काठमाडौं,२९ मंसिर । काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक...

स्मार्टफोन बजारमा नयाँ सबब्रान्ड...

काठमाडौं, २९ मसिर । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नयाँ सब-ब्रान्ड ‘जोभी’ ल्याउने...
18.1 C
Kathmandu
22.5 C
Birgunj
spot_imgspot_imgspot_img

यूएईको दुबई शहरमा तीन तलाबाट खसेर एक नेपालीको घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

यूएई — गएको चैत २० गते । दुबईको डीआइपी । काठमाण्डौका विकास केसी तीन तला माथि बार्दलीमा बसेर चिया पिउँदै हुनुहुन्थ्यो ।

- Advertisement -

चिया पिएपछि गिलास छेवैमा राख्नुभयो अनि भगवान सम्झिएर प्रार्थना गर्न थाल्नुभयो । एकचित्त भएर भगवान पुकारी रहेका विकास एक्कासी तीन तलामाथिको बार्दलीबाट जमिनमा खस्नुभयो ।

तीन तलाबाट खस्दा बेहोस् भएका विकासलाई साथीहरुले नजिकैको एनएमसी रोयल अस्पताल पुर्याए । विकासको दुवै खुट्टा र मेरुद्दण्ड भाँचिएको छ । नाकमा समेत गहिरो चोट लागेको छ ।

- Advertisement -

जबिललाली डीपी वानमा रहेको एनएमसी अस्पतालमा १ लाख ५० हजार दिर्हाम बराबरको स्वास्थ्य बीमा कार्डको सहायताले प्राथमिक उपचार भयो । दुवै खुट्टा र मेरुदण्डमा अहिले स्टील राखेर उपचार हुँदैछ । नाकमा लागेको चोट सुधार हुँदैछ ।

उपचारमा बीमाको क्षेत्रले नसमेटिएपछि कम्पनीले पनि सम्पर्क गर्न छाडेको छ । विकास दुबईको क्युविजी कम्पनीमा भान्सेको रुपमा कार्यरत हुनुुहुन्छ । कम्पनीले वास्ता गर्न छाडेपछि अस्पतालले थप उपचारका लागि आफन्तलाई खबर गर्न दबाब दियो ।

अस्पतालमा कार्यरत नेपाली चिकित्सकले दूतावासमा जानकारी गराउन सुझाव दिएपछि विकासले साथीको सहयोगमा नेपाली दूतावास यूएईलाई आफ्नो अवस्थाबारे जानकारी गराउनु भएको थियो ।

आफ्नो बारेमा जानकारी लिन पुग्नुभएका नेपाली दूतावासको नियोगका उपप्रमुख सागरप्रसाद फुयाँलसँग विकासले भगवानको प्रार्थना गर्दा आफू लडेको बताउनु भए । विकासले भन्नुभयो, ‘यो बिरानो ठाउँमा मेरो कोही छैन, म बाँच्न चाहन्छु, मलाई बचाइदिनुस् ।’

दूतावासले विकासको उपचारमा समन्वय गर्न श्रम काउन्सिलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकृत (पीआरओ) इर्फान आलमलाई जिम्मेवारी दिएको थियो ।

दूतावासले यहाँको स्थानीय निकाय मार्फत उपचार खर्च कम्पनीले गर्नुपर्ने अडान राख्दै अनुरोध गरेपछि अहिले कम्पनीले उपचार खर्च व्यहोर्ने भएको छ । उहाँको शुक्रबारदेखि उपचार प्रकृया फेरि सुरु भएको छ ।

शुक्रबार विकासको दायाँ खुट्टाको पहिलो शल्यक्रिया भएको छ । अब देब्रे खुट्टा र मेरुदण्डको शल्यक्रिया हुन बाँकी छ । दूतावासका प्रतिनिधिले आफूलाई पूर्णरुपमा निको बनाएर मात्रै नेपाल पठाउने बाचा गरेको भन्दै विकासले खुशी व्यक्त गर्नुभयो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार