Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

प्रहरीका एसएसपीहरुको सरुवा, अपराध महाशाखामा सहकुल थापा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, २३ बैशाख । नेपाल प्रहरीका केही प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय अपराध अनुसन्धान महाशाखामा एसएसपी सहकुल थापाको सरुवा भएको छ । उनी विराटनगर तालिम केन्द्रमा कार्यरत थिए ।

अपराध महाशाखामा कार्यरत एसएसपी धिरजप्रताप सिंहलाई तालिम निर्देशनालय सरुवा गरिएको छ ।

महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनी ३३ किलो सुन काण्डमा मुछिएपछि सिंहले अघिल्लो वर्ष बैशाख ४ गतेदेखि महाशाखाको कमाण्ड सम्हालेका थिए ।

यस्तै, प्रहरी प्रवक्ताका रुपमा रहेका एसएसपी उत्तमराज सुवेदीको काठमाडौँ प्रहरी परिसरमा सरुवा भएको छ भने परिसरमा कार्यरत बसन्त लामालाई लागुऔषध ब्यूरोमा सरुवा गरिएको छ ।

प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी उमेशराज जोशी सुवेदीले पाएका छन् ।

यसैगरी, प्रहरी प्रधान कार्यालय भर्ना छनौंट महाशाखामा कार्यरत पुरुषोत्तम कँडेललाई विराटनगर तालिम केन्द्रमा सरुवा गरिएको छ ।

ताजा समाचार

थप समाचार