Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

महन्थ ठाकुरको प्रश्न– यही लोकतन्त्रका लागि हामीले संघर्ष गरेको हो ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, वैशाख २३ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा सांसद महन्थ ठाकुरले सिंहदरवार अहिले निरंकुशताको जीवित रुपका रुपमा देखिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले भने, ‘‘सिस्टम बदलिएको छ, तर राज्य पहिलेभन्दा बढी निरंकुश भएको छ । उसको चरित्रमा कुनै परिवर्तन भएको छैन ।’

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको घटनालाई उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले निर्मलाको बलात्कार र हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै प्रदर्शन हुँदा गोली लागेर मानिसको मृत्यु भएको, कयौं घाइते भएको जिकिर गरे ।

‘पहिला सिंहदरवारलाई निरंकुशताको प्रतिक भनिन्थ्यो,’ उनले भने, ‘अहिले सिंहदरवार निरंकुशताको जीवित रुप देखिन्छ । न्याय माग्दा गोली खानु परेको छ ।’

उनले प्रश्न गरे– ‘यही लोकतन्त्रका लागि हामीले संघर्ष गरेको हो ?’

गणतन्त्र छ, संघीयता संविधानमा भमए पनि व्यवहारमा नदेखिएको उनले बताए । प्रदेशहरुले अधिकार पाउन नसकेको उनको भनाइ थियो । ‘कागजमा कोरिएका छन् तर व्यवहारमा परिवर्तन देखिएका छैनन्,’ उनले भने, ‘आफ्नै घरमा हामीले विदेशीको पीडा भोग्नु परिरहेको छ ।’

समानताको बारेमा बारम्बार भाषण सुनिने गरेको उल्लेख गर्दै उनले भने, ‘समानताको कुरा गर्नु हुन्छ तर कहाँ छ समानता ?’

ताजा समाचार

थप समाचार