[ndc-today-date]
[ndc-today-date]

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...

राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध...

काठमाडौं,०८ जेठ । राजसंस्थाको पुनःस्थापनाको पक्षमा जुट्दै गरेका राजावादीहरूको आन्दोलनमाथि सरकारले कडा निगरानी...

ऋण तिर्न अटेर गर्दा...

काठमाडौं,०८ जेठ । दिगो पर्यटन सहकारीबाट लिएको ऋण समयमै नतिरेपछि नेकपा (एमाले) का...

सुनको मूल्य बढयो

काठमाडौँ,०८ जेठ । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज मात्र सुन...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

महन्थ ठाकुरको प्रश्न– यही लोकतन्त्रका लागि हामीले संघर्ष गरेको हो ?

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, वैशाख २३ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता तथा सांसद महन्थ ठाकुरले सिंहदरवार अहिले निरंकुशताको जीवित रुपका रुपमा देखिएको टिप्पणी गरेका छन् ।

- Advertisement -

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले भने, ‘‘सिस्टम बदलिएको छ, तर राज्य पहिलेभन्दा बढी निरंकुश भएको छ । उसको चरित्रमा कुनै परिवर्तन भएको छैन ।’

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको घटनालाई उदाहरणका रुपमा प्रस्तुत गर्दै उनले निर्मलाको बलात्कार र हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै प्रदर्शन हुँदा गोली लागेर मानिसको मृत्यु भएको, कयौं घाइते भएको जिकिर गरे ।

- Advertisement -

‘पहिला सिंहदरवारलाई निरंकुशताको प्रतिक भनिन्थ्यो,’ उनले भने, ‘अहिले सिंहदरवार निरंकुशताको जीवित रुप देखिन्छ । न्याय माग्दा गोली खानु परेको छ ।’

उनले प्रश्न गरे– ‘यही लोकतन्त्रका लागि हामीले संघर्ष गरेको हो ?’

गणतन्त्र छ, संघीयता संविधानमा भमए पनि व्यवहारमा नदेखिएको उनले बताए । प्रदेशहरुले अधिकार पाउन नसकेको उनको भनाइ थियो । ‘कागजमा कोरिएका छन् तर व्यवहारमा परिवर्तन देखिएका छैनन्,’ उनले भने, ‘आफ्नै घरमा हामीले विदेशीको पीडा भोग्नु परिरहेको छ ।’

समानताको बारेमा बारम्बार भाषण सुनिने गरेको उल्लेख गर्दै उनले भने, ‘समानताको कुरा गर्नु हुन्छ तर कहाँ छ समानता ?’

ताजा समाचार

spot_img

थप समाचार