[ndc-today-date]
[ndc-today-date]

गम्हरिया फाउन्डेसनद्धारा श्री चण्डी...

बारा, ६ वैशाख । फेटा गाउँपालिकामा आयोजना हुने श्री चण्डी माई मेलाको व्यवस्थापनलाई...

बीरगन्जमा नेविसंघको ५५औं स्थापना...

बीरगन्ज, ६ वैशाख । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५औं स्थापना दिवस बीरगन्जमा...

शिक्षक महासंघको आकस्मिक बैठक...

काठमाडौं, ६ वैशाख । नेपाल शिक्षक महासंघले आज (शनिबार) दिउँसो सवा ३ बजे...

लामिछानेले चितवनमा एक रुपैयाँको...

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ खुल्ला दिशामुक्त क्षेत्र घोषणा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिमरा – बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नौ वटा वडा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भैसकेका छन् । सोमबार उपमहानगरको वडा नम्बर ५ खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएसँगै पुर्ण शौचालयसहीतका वडाको संख्या ९ पुगेको हो ।

- Advertisement -

आज बकुलियामा आयोजीत एक कार्यक्रमका बिच जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले सो वडालाई खुल्ला दिशामुक्त घोषणा गरेका हुन् । यसअघी मेयर डा. पौडेलले एक बालकलाई हात धुन सिकाउँदै कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रमका बिच मेयर डा. पौडेलले वडा अध्यक्ष मोहित चौधरीलाई खुल्ला दिशामुक्त वडाको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । प्रमाणपत्र हस्तान्तरण गर्दै डा. पौडेलले आँफ्नो घर छिमेक र सहर सफा राख्ने दायित्व हरेक नागरिकको भएको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डा. पौडेलले सरसफाई आफ्नै जिवनका लागी महत्वपूर्ण र अपरिहार्य बिषय भएको भन्दै यसमा हेलचक्र्याईँ नगर्न वडाबासीलाई आग्रह समेत गरे ।

- Advertisement -

कार्यक्रममा नगर उप प्रमुख सरस्वती देवी चौधरीले खुला दिशामुक्त वडाका लागी सरसफाई सम्बन्धी आचारसंहिता पढेर सुनाएकी थिईन् । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाईँले खुला स्थानमा सौच नगर्न वडाबासीलाई प्रतिबद्ध बनाएका थिए ।

यु.एन ह्याबिटेट, आई.डि.एस. नेपाल र चेक नेपालको सहयोगमा वडालाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै .एन. हेबिटेटकि बारा जिल्ला संयोजक उमा सिंखडाले खुल्ला दिशामुक्त घोषणा हुँदैमा मात्रै सरसफाई नहुने बताईन् । घोषणा कागजमा मात्रै सिमित नराखेर ब्यवाहारमा लागु गर्नसकेमात्रै यसले सार्थकता पाउने उनको भनाई थियो । कार्यक्रमका बिच जनचेतनामुलक नाटक समेत प्रदर्शन गरिएको थियो ।

-Barakhabar

ताजा समाचार

spot_img

थप समाचार