spot_img

आन्दोलनमा नर्स, ५ बुँदे माग राख्दै

spot_img
spot_img

काठमाडौँ, २४ बैशाख — ५ बुँदे माग राख्दै सहिद धर्म भक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरका नर्सले आज १४ औं दिन पनि आन्दोलन जारी राखेका छन् । आन्दोलनरत नर्सको माग सम्बोधन नहुँदा प्रत्यारोपण केन्द्रका ९६ जना नर्स मध्ये आधा सेवा दिने र आधा आन्दोलनमा छन् । जसले गर्दा सेवा प्रभावित भएको छ ।

प्रत्यारोपण केन्द्रका नर्सले समयमै तलब दिनुपर्ने, ठेकदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने, सरकारी अस्पतालमा पाइने सेवा सुविधा उपलब्ध गराउनु पर्ने, पुरानो कर्मचारीको कार्य सम्पादन मूल्यांकनका आधारमा ग्रेडिङ गरिनु पर्ने र पुराना कर्मचारीलाई स्थायी गरिनुपर्ने नर्सहरुको माग राखेका छन् ।

अस्पतालमा आफ्नो मान्छेलाई मनोमानी ढंगले राख्ने काम भएको भन्दै आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको नर्स त्रजिना श्रेष्ठले बताइन् । तलब ढिला आउने, तालिम हुँदा आफ्नो मान्छेलाई समावेश गर्ने लगायत धेरै समस्या रहेको उनको भनाई छ ।

आन्दोलन सुरु गरेको दोस्रो दिनमा स्थायी कर्मचारीको लागि अस्पतालले आवेदन खुल्ला गरेको भन्दै उनीहरुले यो आवेदन लोकसेवा भन्दा पनि अस्पतालको आन्तरिक मिलेमतोमा निकालिएको बताए ।

नर्सको समस्या सुन्ने संस्था नर्सिङ संघले पनि अहिले पेशा भन्दा राजनितिलाई प्राथमिकता दिँदा नर्सिङ पेसा अन्योलमा परेको आन्दोलनरत नर्सहरुको दाबी छ । नर्सहरुको समस्या समाधानमा नर्सिङ संघले सक्रियता देखाउनुपर्ने उनीहरुको माग छ ।

माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने नर्सहरुले बताएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय