Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025
Date
सोम, माघ ७, २०८१
Mon, January 20, 2025

बैंकको ऋण नतिर्न उक्साउने...

काठमाडौं,०७ माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रका सूचक सकारात्मक...

बीरगन्ज भन्सारले ६ महिनामा...

बीरगन्ज,०७ माघ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा बीरगन्ज भन्सार कार्यालयले ८०...

बाराका पूर्व गाविस सचिवविरुद्ध...

बीरगन्ज,०७ माघ । बाराको साविक आदर्श गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका) का पूर्व सचिव...

महावीर पुनले पुस्तक बिक्रीबाट...

बीरगन्ज,०७ माघ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बीरगन्जस्थित कृषि औजार कारखाना...
spot_imgspot_imgspot_img
22.4 C
Kathmandu
23.5 C
Birgunj
spot_imgspot_imgspot_img

कांग्रेसको देशव्यापी जागरण अभियान शुरु, सातै प्रदशेमा शीर्ष नेताले सम्बोधन गर्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशभर एकसाथ राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ । सबै जिल्ला, क्षेत्र, गाउँरनगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान तीन चरणमा सम्पन्न हुनेछ । बुधबारबाट सुरु हुने प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको कांग्रेसले जनाएको छ ।

- Advertisement -

अभियानको काठमाडौंमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अन्य जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले उद्घाटन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रथम चरणको कार्यक्रम आगामी जेठ २५ गते समापन हुनेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) का दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ । यसैगरी तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (राष्ट्रिय मेलमिलाप दिवस) मा समापन हुने कांग्रेसले जनाएको छ ।

- Advertisement -

सातै प्रदेशमा पार्टी पदाधिकारी र शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सुदूरपश्चिमको धनगढीमा उपसभापति विमलेन्द्र निधि, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव, प्रदेश नं. ५ को रुपन्देहीमा महामन्त्री डा. शशाङ्क कोइराला, गण्डकी प्रदेशको पोखरामा अर्का महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश नं. २ को धनुषामा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रदेश नं. १ को सुनसरीमा अर्का उपसभापति विजयकुमार गच्छदारले सम्बोधन गर्ने तय भएको पौडेलले जानकारी दिए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार