आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
27.4 C
Birgunj

आईपीएल : दिल्ली र हैदरावाद भिड्दै, सन्दीपले मौका पाउलान् ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटर खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादविरुद्धको खेल आज हुँदैछ । आन्द्रा प्रदेशस्थित विसाखापटनम रंगशालामा हुने खेलमा पराजित टोली आईपीएलको १२ औं संस्करणबाट बाहिरिने छ । यस्तै, विजयी टोलीले मे १० मा दोस्रो क्वालिफायर प्रवेश गरेको चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

- Advertisement -

समूह चरणमा एक खेल दिल्ली र एक खेल हैदरावादले जीतेका छन् । तर, ७ वर्षपछि पहिलो पटक इलिमिनेटरमा स्थान बनाएको दिल्ली हैदरावादको आईपीएल यात्रामा बिराम लगाउने लक्ष्यसहित मैदान उत्रिर्दै छ भने हैदरावाद पाहुना टोली दिल्लीलाई रोक्ने लक्ष्यमा छ ।

समान अंकसहित समूह चरणमा नेट रन रेटका आधारमा तेस्रो र चौथो स्थानमा रहेको दुवैै टोली जीत निकाल्दै दोस्रो क्वालिफायरमा चेन्नईविरुद्ध खेल्ने योजनामा छन् ।

- Advertisement -

यस्तै, नेपाली क्रिकेट प्रसंशकका लागि यो खेल पनि महत्वपूर्ण छ । नेपाली स्टार खेलाडी सन्दीप लामिछाने आवद्ध दिल्ली धेरै समयपछि प्लेअफमा पुग्दा त्यसको साँची बनेका सन्दीपले इलिमिनेटरमा स्थान पाउने सम्भावना कम छ । तर, पनि मंगलबार दिल्लीले सामाजिक सञ्जालमा उनको तस्विर राख्दै उनको प्रसंशा गरेपछि केही हदसम्म उनका प्रसंशकहरुमा खुसी देखिएको छ ।

यसअघि पनि दिल्लीले आफ्नो टिममा पर्ने खेलाडीहरुको प्राय सामाजिक सञ्जालमा तस्वीरहरु सार्वजनिक गर्दै प्रसंशकलाई उनीहरुको मूल्याङ्कन गराउँदै आएको छ । सन्दीपले अहिलेसम्म यो सिजनमा ६ खेल खेल्दै ८ विकेट लिएका छन् । जसमा उनले २३ ओभर बलिङ गर्दै २ सय १० रन खर्चिएका छन् ।

यद्यपी दिल्लीले हैदरावादविरुद्ध अनुभवी खेलाडी अमित मिश्रलाई विश्राम दिएर अथवा अक्जर पटेललाई आराम दिएर उनलाई मैदान उतार्न पनि सक्छ । १२ खेल खेलेका पटेलले ९ विकेट लिएका छन् भने मिश्राले ९ खेलमा समान ९ विकेट नै लिएका छन् । खेलमा तर, पछिल्ला केही दिनको अभ्यास खेलमा राम्रो सुधार भएको अवस्थामा पनि दिल्लीले प्लेइङ–११ मा स्थान दिन सक्छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -