शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025
शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025

चट्याङका कारण खोटाङमा एककाे...

खोटाङ, ९ चैत्र  ।आज बिहान खोटाङमा  परेको चट्याङका कारण एक महिलाको मृत्यु भएको...

वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको...

काठमाडौं, ९ चैत्र । पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधन भएको छ। ७९...

दिल्ली उच्च अदालतको न्यायधिसको...

काठमाडाैं,०९ चैत । दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्माको घरबाट १५ करोड रुपैयाँ...

बारा पचरौताकाे अवस्था अहिले...

बारा, ९ चैत - बारा जिल्लाको पचरौता नगरपालिका–७ मा बाटो फराकिलो गर्ने क्रममा...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
32.3 C
Birgunj
spot_imgspot_imgspot_img

कांग्रेसको जागरण कार्यक्रममै कुटाकुट

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिन्धुपाल्चोक । कांग्रेसको जागरण अभियान उद्घाटनका क्रममा झडप हुँदा सिन्धुपाल्चोकमा तरुण दलका १ कार्यकर्ता घाइते भएका छन् ।

- Advertisement -

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकको कार्यक्रमस्थलमै कुटाकुट हुँदा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् । कांग्रेस २ नम्बर क्षेत्रीय समापति नवराज भट्टराईका अनुसार, उनको टाउकोमा चोट लागेको छ ।

जागरण अभियान उद्घाटन सत्रको सुरुमै मन्तव्य राखेका देउवमा पक्षधर हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले पार्टी जिल्ला सभापति विकास लामाले सामूहिक नेतृत्वमा अघि बढ्नुपर्नेमा एकलौटी पार्टी चलाएको आरोप लगाएका थिए ।

श्रेष्ठ र नेपालपछि मञ्च पाएका जिल्ला सभापति लामाले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन सुरु भएको र त्यसले झडपको रुप लिएको कांग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव बिलबहादुर तामाङले जानकारी दिए ।

झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग मच्चिएको थियो ।

कार्यकर्ताबीच विवाद भएपछि कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले सम्झाउने प्रयास गरे पनि कार्यकर्ता थप उत्तेजित बन्दै कुटपिटमा उत्रिएका थिए । कार्यक्रममा तनावपछि बस्नेत समस्या बोकेरै राजधानी फर्केको पार्टी जिल्ला सभापति विकास लामाले बताए ।

सिन्धुपाल्चोकमा लामो समयदेखि शेरबहादुर देउवा र पौडेल पक्षबीच चरम विवाद रहँदै आएको छ ।

ताजा समाचार

spot_img

थप समाचार