वीरगन्ज २ ६ बैशाख । वीरगन्ज महानगरको मध्यबाट गुज्रेको त्रिभुवन राजपथको बिस्तार नहुँदा महानगरबासीलाई सास्ती भएको छ । राजमार्ग साँघुरो भएका कारण आवागमनमा समस्या भएको छ । सबै खाले सवारी साधन मुख्य सडकबाटै चलाउने गरिएको र सडकले सवारी साधनको चाप धान्न नसक्ने अवस्था छ ।
यो सडक बिस्तारको योजना र चर्चा झण्डै ३ दशक अघिदेखि हुँदै आए पनि त्यसले मूर्त रूप लिन सकेको छैन । यस अवधिमा थुप्रै सरकार परिवर्तन र त्यससंगै सडक बिस्तारसँग सरोकार राख्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी फरक फरक दल तथा पृष्ठभूमिबाट आएका मन्त्रीले पाउँदै आएका छन ।
उनीहरूले पनि वीरगन्जको मुख्य सडक निकट भविष्यमै बिस्तार हुने दाबी गर्दै आए तापनि त्यसो हुन सकेको छैन । वीरगन्ज महानगरपालिकाको नगरसभाले गत वर्ष महानगरको मुख्य सडक १५र१५ मिटर बिस्तारको लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
महानगरको मुख्य सडक बिस्तार गर्ने चर्चा झन्डै ३ दशकदेखि हुँदै आएको छ । कहिले सडक छेउका घर धनीले अदालतमा रिट दायर गरेर त कहिले शक्तिकेन्द्रलाई प्रभावमा पारेर सडक बिस्तारको काममा अवरोध गरिन्छ । ४ बर्ष अघि सडक बिस्तारको चर्चा चलेसंगै घरधनीहरूले सडक बिस्तार रोक्न संघर्ष समितिनै गठन गरेका थिए ।

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गत वर्ष वीरगन्जमा सार्वजनिक पमै वीरगन्जको सडक बिस्तारको काम अविलम्ब सु हुने दाबी गरेका थिए । तर, मन्त्रीको बोली पूरा भएन । वीरगन्जको मुख्य सडकमा महानगरका अधिकांश ठूला उद्योगी व्यवसायी तथा व्यापारिक घरानाका घर रहेकाले उनीहरूले आफ्नो पहुँच प्रयोग गरेर पटक(पटक सडक बिस्तारको योजनालाई तुहाउँदै आएको आरोप लाग्ने गरेको छ ।
मुलुककै जेठो राजमार्ग त्रिभुवन राजपथ पथलैया, सिमरा, जितपुर, परवानीपुर हुदै गण्डक, पावरहाउस चोक भएर महानगरभित्र प्रवेश गर्छ । हाल महानगरको मुख्य सडकको पमा प्रयोग हुँदै आएको यो राजपथ घण्टाघर, माइस्थान चोक, आदर्शनगर चोक, अलखिया चोक, छपकैंया हुँदै रक्सौल सीमामा पुगेर अन्त्य भएको छ ।
पावरहाउस चोकदेखि घण्टाघरसम्म त्रिभुवन राजपथको समानान्तर पश्चिम तर्फ महानगरपालिकाको कार्यालय अर्को २ लेन सडक निर्माण गरेको छ । तर घण्टाघरदेखि दक्षिण तर्फ त्रिभुवन राजपथ भने अझै पनि २ लेनमै सीमित छ । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका अव्यस्थित र भद्रगोल देखिनुको मुख्य कारण महानगरको मुख्य बजार क्षेत्रमा राजपथ बिस्तार नहुनु नै रहेको व्यवस्थित वीरगन्ज अभियानका संयोजक दिलिपराज कार्की बताउछन । ‘महानगरको शोभा यहाँको मुख्य सडकको दुरावस्थाले घटाई रहेको छ,’ उनले भने, ‘अत्यन्त साँघुरो सडकले महानगरबासीलाई समस्या भएको छ ।’ मुख्य सडकबाटै सबै खाले सवारी गुड्ने र पार्किङ्ग पनि यही सडकमा गरिने भएकाले आधा सडक मोटरसाइकल र अन्य हलुका सवारीको पार्किङ्गले ओगटेको हुन्छ ।
अलखिया चोकबाट घडिअर्वा हुदै माइस्थान सम्म एक तर्फी सवारी साधन चल्ने नियम बनाइए पनि माइस्थान देखि घण्टाघर सम्म दुबै तर्फ सवारी चल्ने भएकाले यस खण्डमा बढी भिडभाड हुने र जाम लाग्ने समस्या हुन्छ ।
पछिल्लो ३ बर्ष यता महानगरका सडकमा थपिएका इरिक्साको चापको कारण यो सडक खण्ड झनै भिडभाडयुक्त बनेको छ । त्रिभुवन राजपथको समानान्तर पूर्वतर्फ थप २ वटा सडक छन । २ र ३ नम्बर सडक नामकरण गरिएका यी सडक झनै साँघुरा छन । तीनले १ नम्बर सडकलाई बैकल्पिक सडकको पमा खासै मद्दत गरेका छैनन् । यी सडक पनि इरिक्साको एकहोरो भिडले भरिएका हुन्छन । यी सडकबाट ससाना रिक्सा गुज्रन पनि सकस हुन्छ ।
यी मात्र नभई आदर्शनगरदेखि लक्ष्मी बैंक चोक, माइस्थान चोक देखि माइस्थान मन्दिर तथा घण्टाघर देखि बसपार्कको सडक, घण्टाघर देखि रानिघाट क्षेत्रको सडक जस्ता महानगरका अन्य व्यस्त सडकको अवस्था पनि उत्तिक्कै नाजुक छ । देशका प्रायः अन्य ठूलारसाना सहरमा सडक बिस्तारको अभियाननै चलेको र कतिपय सहरले आफ्ना सडक ६ लेनमा बिस्तारसमेत गरी सकेका छन । आम महानगरबासीको भने छिट्टै महानगरको मुख्य सडक बिस्तार हुनु पर्ने माग छ । महानगरको मुख्य सडकनै साँघुरो र अस्तव्यस्त भए महानगरबासीको दुःख कहिले सधै यथावत रहने भएकाले यो काम अविलम्ब गर्नु पर्ने अधिकांश महानगरबासीको धारणा छ ।
प्रदेशका मुख्यमन्त्री तथा यहाबाट प्रदेश सभामा चुनाव जितेका महम्मद लालबाबु राउतको गृह जिल्ला तथा गृह नगर समेत भएकाले वीरगन्जलाई त्यस लायक बनाउनु पर्ने माग पनि पछिल्लो समय महानगरबासीले गर्दै आएकाछन । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरी पन्त पछिल्लो समय महानगरमा बढ्दो सवारीको चापसंगै मुख्य सडक अतिनै साँघुरो भएकाले सक्दो छिटो बिस्तार आवश्यक रहेको बताउछन ।
‘केही सिमित व्यक्तिको स्वार्थका कारण संपूर्ण महानगरबासीले दुःख पाइराख्नु कत्तिको उचित हो,’ उनले भने, ‘महानगरको यो समस्या अविलम्ब समाधान हुनुप¥यो ।’ ग्रिन सिटी सामुदायिक संस्था आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान महानगरको सौर्न्दयिकरण देखि यहा रहेको सवारी जामको पुरानो समस्या समाधानका लागि अविलम्ब महानगरको मुख्य सडक बिस्तारको काम थाल्नुपर्ने बताउँछन ।
‘के कति बिस्तार गर्ने हो त्यो प्राविधिक कुरो सडक बिभाग र वीरगन्ज महानगरपालिकाको कार्यालयले आपसी समन्वयबाट गर्ने कुरो हो,’ उनले भने, ‘तर महानगरको ट्राफिक व्यवस्था चुस्त दुस्त बनाउन जति सक्दो छिटो यो काम सम्पन्न हुनु पर्छ ।’
केही दिनअघि मात्रै सडक बिभागले महानगरको सडक बिस्तारका लागि वीरगन्ज महानगरपालिकाको कार्यालयलाई पत्राचार गरेको तर मनपाको कार्यालयले उक्त पत्र गोप्य राखेर लुकाएको चर्चा पनि चलेको छ ।
तर का प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत यो हल्ला मात्र रहेको बताउछन । ‘हामीलाई सडक बिभागबाट त्यस्तो पत्राचार भएकै छैन,’ । उनले भने, ‘तर मुख्य सडक संघीय सरकारकै अधिकार क्षेत्र भित्र पर्ने भएकाले संघीय सरकारले गर्ने निर्णयमा हामीले कुनै आपत्ति वा रोकटोक गर्न सक्ने अवस्था रहदैन, सडक बिस्तारका लागि सडक विभागले मनपाको कार्यालयसँग आवश्यक सहयोग मागे मनपा सहयोग र समन्वय गर्न तयार पनि छ । ’कान्तिपुर साभार