Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

काठमाडौंमा हैजाको संक्रमण, यस्तो छ लक्षण र रोकथामका उपायहरु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । काठमाडौंमा एक व्यक्तिमा हैजा भएको पाइएको छ । निरन्तर पखाला लाग्ने समस्या लिएर टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका ताहचलका एक पुरुषलाई हैजा भएको फेला परेको हो ।

अस्पतालले उनको दिसा परीक्षण गदा हैजा भएको पुष्टि भएको हो । वर्षा शुरु नहुँदै काठमाडौंमै हैजा देखिएकाले वर्षाको समयमा हैजा फैलिने सम्भावना उच्च रहेको शुक्रराज अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताए ।

‘हैजा विशेषगरी फोहोर खाना र दुषित पानीको प्रयोगबाट लाग्ने गदर्छ । हैजाको प्रकोप धेरैजस्तो वर्षायाममा देखिन्छ तर काठमाडौंमा वर्षा अगावै हैजा देखिनु रोग फैलिन सक्ने संकेत पनि हुनसक्छ,’ उनले भने, ‘त्यसैले काठमाडौंबासीले समयमै सहज हुनुपर्छ ।’

हैजाको लक्षण

–लगतातार दिसा आइरहनु,

–बान्ता हुन्छ,

–दिसामा चौलानी जस्तो पानी बग्ने,

–पेट दुख्ने,

–खुट्टा बाउडिने,

–आँखा भित्र गड्ने आदि ।

कसरी सजक रहने ?
–शौचालय गइसकेपछि राम्रोसँग हात धुने,

–पानी शुद्धीकरण गरेर वा उमालेर मात्रै खाने,

–गुणस्तर भएको पानी मात्रै किनेर खाने,

–काँचै खाइने खानेकुरा तथा फलफुल राम्रोसँग पखालेर मात्रै खाने,

–सकेसम्म बाहिरको खाना नखाने ।

ताजा समाचार

थप समाचार