आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
27.4 C
Birgunj

भेनेजुएलामा विपक्षी नेता गुआइदोका सहायक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । भेनेजुएलामा आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुआँ गुआइदोका सहायकलाई पक्राउ गरिएको छ ।

- Advertisement -

राजधानी कराकासमा सेबिन नामक भेनेजुएलाको गुप्तचर दस्ताले गुआइदोका सहायक एजर जाम्ब्रानोलाई पक्राउ गरेका हुन् । पक्राउ गर्ने क्रममा जाम्ब्रानो सवार कारलाई अर्को ठूलो ट्रकले घिसारिएको थियो ।

राजधानी कराकासको ला फ्लोरिडा जिल्लामा स्थानीय समयअनुसार बेलुकी ६ बजेर ४० मिनेको समयमा सेबिनका सैनिकले उनको कारलाई घेरा हालेको र उनले आफ्नो कारबाट बाहिर निस्कन नमानेपछि अर्को ठूलो ट्रकले उनी कार भित्रै रहेका बेला सेबिनको मुख्यालयतर्फ घिसार्न शुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

- Advertisement -

गुआइदोले पनि ट्विटरमार्फत् उनी पक्राउ परेको पुष्टि गरेका छन् । उनले ट्विटरमा ‘उपराष्ट्रपति जाम्ब्रानो’ लाई सेबिनका सैनिकले गिरफ्तार गरेको लेखेका छन् ।

त्यसअघि त्यहाँको संसद्ले जाम्ब्रानो र अन्य ६ जना विपक्षी नेताहरुको पक्राउ गरी मुद्दा चलाउन सक्ने निर्णय गरेको थियो । त्यसअघि सर्वोच्च अदालतले विपक्षी नेताहरुले राष्ट्रघात, षड्यन्त्र र देशद्रोह गरेको अभियोगमा मुद्धा अघि बढाएको थियो ।

विपक्षी नेताहरुले भने सर्वोच्च अदालतमा समाजवादी राष्ट्रपति निकोलस मादुरोका समर्थक मात्रै रहेकाले उनीहरुको फैसलालाई मान्दै नमान्ने घोषणा गर्दै आएका छन् । यता विपक्षी नेता गुआइदोलाई समर्थन गर्दै आएको अमेरिकाले जाम्ब्रानोको पक्राउलाई गैरकानूनी भन्दै यसबाट भेनेजुएलाले नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ ।

यसअघि गत साता अमेरिकाको समर्थनमा गुआइदोको आह्वानमा भएको प्रदर्शन तथा सैनिक विद्रोहले राष्ट्रपति मादुरोलाई पदमुक्त गर्न असफल भएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -