बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025
बिहिबार, चैत्र ६, २०८१
Thu, March 20, 2025

प्रभु साहद्धारा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’...

काठमाडौं, ७ चैत्र । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु...

सरकारले यस वर्ष पाँच...

काठमाडौं,०७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता...

पञ्जाबमा कुखुरा र कुकुरको...

बीरगन्ज, ७ चैत्र । भारत पञ्जाबको मोहालीस्थित एक म.म. उत्पादन कारखानामा कुखुरा र...

बीरगन्ज कारागारका ४ कैदी...

बीरगन्ज,०७ चैत । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बीरगन्ज कारागारका...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
35.2 C
Birgunj
spot_imgspot_imgspot_img

शरीरका यी अंगहरुमा परफ्युमको प्रयोगः कति खतरनाक ?

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी –घर बाहिर निस्कनुअघि हामी सबै परफ्युमको प्रयोग गर्छौ । शरीर तथा कपडाबाट आउने दुर्गन्ध कम गर्न अथवा बास्नादार बन्न अनि व्यक्तित्वलाई निखारता प्रदान गर्न परफ्युमको प्रयोग गरिन्छ । प्रायः हामी परफ्युमको प्रयोग नाडी, कान, गला जस्ता शरीरका अंगमा गर्छौ । किनकी यी अंंगहरुमा लगाएको परफ्युम धेरैबेर टिकाउ हुने र बास्ना पनि आउने हुन्छ । तर, परफ्युम शरीरको अंगमा लगाउनु सही हो त ? परफ्युमको प्रयोग शरीरको कुन कुन अंगमा प्रयोग गर्दा यसको असर धेरै हुन्छ त ?

शरीरका कतिपय अंगहरु निकै संवेदशील हुन्छन् भने परफ्युम केमिकलयुक्त । बास्नाको नाममा शरीरका जुनै भागमा पनि परफ्युम प्रयोग गर्नु खतरनाक सावित हुनसक्छ ।

हातमा लगाएर रगड्न हुँदैन

धेरैमा परफ्युमको प्रयोग गर्नुअघि हातमा लगाएर दुई हात रगडेर सुँघ्ने बानी छ । तर यसो गर्दा बास्नामा कमि आउने गर्छ र लामो समयसम्म पनि टिक्दैन । त्यसैले नारीमा परफ्युमको प्रयोग गर्न सकिन्छ जसले गर्दा दिनभरी टिकाउ पनि हुन्छ ।

कपालमा प्रयोग गर्नुअघि

कतिपय मानिसहरु कपालमा पनि परफ्युमको प्रयोग गर्ने गर्छन् तर यस्तो बानी तपाईंको कपालको लागि खतरनाक साबित हुनसक्छ । किनकी परफ्युममा अल्कोहलको प्रयोग भएको हुन्छ । जसको प्रयोगले कपाल सुख्खा हुने र टुक्रिने गर्छ ।

कानको पछाडि

सामान्यताः महिलाहरु कानपछाडि परफ्युमको प्रयोग गर्छन् । कानको पछाडिको भाग अति संवेदनशील भाग हो । र, यो भाग सुख्खा पनि हुन्छ । परफ्युम सुख्खाभन्दा चिल्लो छालामा धेरैबेर टिक्छ । परफ्युममा भएको केमिकल र अल्कोहलले छालालाई झनै धेरै सुख्खा बनाइदिन्छ । त्यसैले कान पछाडि परफ्युम लगाउनुअघि मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

नुहाउनेवित्तिकै

नुहाउनको लागि शावर जेलको प्रयोग गर्नु फाइदाजनक मानिन्छ । नुहाउँदा बास्नादार साबुन र शरीर पुछेर परफ्युमको प्रयोग गर्नुहोस् । यदि बास्ना लामो समय रहिराखोस् भन्ने चाहानुहुन्छ भने तातो पानीले नुहाउनुहोस् । जसले छालाका छिद« खुलाउँछ । त्यसपछि परफ्युम प्रयोग गर्दा लामोसमयसम्म पसिना गन्हाउने समस्याको समाधान हुन्छ । तर, शरीरको छालालाई नरम र स्वस्थ्य राख्नको लागि बडि लोशनको प्रयोग गर्नु उचित हुन्छ ।

प्राइभेट पार्टको आसपास

यदि तपाईं छोटो कपडा लगाउँदै हुनुहुन्छ र जाँघकोबिचमा परफ्युम लगाउँदै हुनुहुन्छ भने सावधान हुनुहोस् । उक्त भागमा परफ्युम लगाएर हिँडडुल गर्दा घर्षण हुने र चिलाउने समस्या हुन्छ ।

कपडा र गहनामा लगाउँदा

महिलाहरु कपडा र गहनामा परप्mयुम लगाउँने गर्छन् । तर, परफ्युमको प्रयोगले कपडा र गहनामा खराबी आउँछ ।

काखीमूनी

कहिल्यैपनि सीधा काखीमूनी परफ्युमको प्रयोग गर्नुहुँदैन । शरीरको संवेदनशील भाग मध्ये काखीमूनीको भाग पनि संवेदनशील हुने भएकाले परफ्युमको प्रयोगले चिलाउने र पोल्ने समस्या उत्पन्न हुनसक्छ ।

ताजा समाचार

spot_img

थप समाचार