spot_img

अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परेकी पूर्वसभासद् गायत्री साह अस्पताल भर्ना

spot_img
spot_img

काठमाडौं — अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परेकी पूर्वसभासद् गायत्री साह अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरिएको छ । गत आइतबार पक्राउ परी महानगरीय प्रहरी प्रभाग सातदोबाटोमा राखिएकी साहलाई शुक्रबार बिहान पाटन हस्पिटलको अकश्मिक कक्षमा भर्ना गरिएको गायत्रीकी बहिनी ऋतु साहले जानकारी दिएकी छिन् ।

शिशु जन्म दिएर अस्पतालमै छाडेको आरोपमा पूर्व सभासद् साह र उनका पति राजेश महतोलाई मेडिसिटी अस्पतालबाट पक्राउ गरी सातदोबाटो प्रहरी हिरासतमा राखिएको थियो । ललितपुरस्थित मेडिसिटी अस्तालले दिएका उजुरीका आधारमा सन्तान जन्माएर अस्पतालमै छोड्नु गैरकानुनी भएको भन्दै साह दम्पतिलाई पक्राउ गरिएको थियो ।

हिरासतमा राखेदेखि नै साह दम्पति आमरण अनशन बस्दै आएका छन् । साहको शरीरमा ग्लुकोजको मात्रा कम भएको र प्रेसर घटेको बहिनी ऋतुलेले बताइन ।

चिकित्सकको लापरवाहीका कारण ‘डाउन सिण्ड्रोम’ भएको नवजात शिशु जन्मिएको भन्दै साह दम्पती विरोध र धर्नामा उत्रेका थिए । साहले गत चैत्र गुन २८ गते मेडिसिटी अस्तपालमा छोरा जन्माएकी थिइन् । बच्चा जन्मिएपछिको रिपोर्टमा अस्पतालले शिशुको स्वास्थ्य अवस्था ठिक रहेको जनाएको थियो। तर, केही दिनपछि अस्पतालले नै भारतमा पठाएको नमुना परीक्षणबाट शिशुमा डाउन सिन्ड्रोम रहेको खुलेको थियो।

त्यसपछि साह दम्पत्तिले डा। निरासिंह श्रेष्ठ र उनी कार्यरत मेडिसिटी अस्पतालको गम्भीर लापरबाहीको सिकार आफूहरु भएको भन्दै शिशुको डिस्चार्ज लेटर लिन अस्वीकार गरेका थिए। यी दम्पतीले चिकित्सकको लापरवाहीले ‘डाउन सिन्ड्रोम’ भएको बच्चा जन्मिएको दाबीसहित बच्चाको भरणपोषण र उपचारको जिम्मा अस्पतालले नै लिनुपर्ने माग गर्दै आएका छन् । यही विषयलाई लिएर अस्पतालले उनीहरुविरुद्ध उजुरी दिएको थियो। सोही उजुरीका आधारमा उनीहरु पक्राउ हुन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय