शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
27.1 C
Kathmandu
34.2 C
Birgunj

शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन विद्यार्थीको माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । सत्तारूढ नेकपा निकट दुई विद्यार्थी संगठनले आगामी बजेटमा शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् ।

- Advertisement -

शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेल समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले सो माग गरेका हुन् ।

सिंहदरबार स्थित योजना आयोगको कार्यालयमा अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मि आचार्यसहितको टोलीले सो माग गरेका हुन् ।

- Advertisement -

नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा किटानी गरेको छ । संविधानले कक्षा १२ सम्मको शिक्षा निशुल्क र कक्षा ८ सम्मको शिक्षा अनिवार्य भनेर उल्लेख गरेको छ ।

शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयन गर्न शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेको अनेरास्ववियू (क्रान्तिकारी) का उपाध्यक्ष विजय गौतमले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -