Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

प्रधानमन्त्रीले संसदको मर्यादा ख्याल नगर्नु लज्जास्पद : नेता सिंह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको मर्यादासमेत ख्याल गर्न नसक्नु लज्जास्पद भएको बताएका छन् । सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा व्यक्त भएका अमर्यादित शव्द रेकर्डबाट हटाउन सभामुखले दिएको निर्देशको प्रसंगमा उनले सो धारणा राखेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा आज आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘प्रधानमन्त्रीको गतिविधिले संसदीय मर्यादामा आँच पुगेको छ ।’

सरकारले काम केही नगरी समृद्धिको नारा मात्र लगाएको भन्दै उनले आलोचना गरे । उनले वर्तमान सरकारले सुशासन दिन नसकेको, बिकास बजेट खर्च गर्न नसकेको र संघीयता असफल बनाउन उद्धत रहेको आरोप लगाए । दुई तिहाइ बहुमतको समर्थन पाएको नेकपा सरकारबाट जनताले राहत नपाउने ठोकुवा उनले गरे ।

नेपाली जनतालाई अधिकार दिलाउनका लागि कांग्रेस जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए । दुई तिहाई वा बहुमत जस्तो सरकार भए पनि संविधानको भावना र मर्मविपरीत अगाडि बढ्न खोजे कांग्रसले प्रतिवाद गर्ने उनले स्पष्ट पारे ।

ताजा समाचार

थप समाचार