Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

रवि लामिछानेको निवेदनको सुनुवाइ...

काठमाडौं,०९ बैशाख । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा...

तीनकुने घटना : मुख्य...

काठमाडौँ,०९ वैशाख । तीनकुनेमा गत १५ चैतमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य योजनाकार...

सातै प्रदेशका मुख्यमन्त्री र...

काठमाडौँ,०९ वैशाख । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई लक्षित गर्दै दायर गरिएको...

एमाले बीरगन्ज महानगर कमिटीको...

बीरगन्ज,०९ वैशाख । नेकपा (एमाले) बीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान...
spot_imgspot_imgspot_img
30.1 C
Kathmandu
41.7 C
Birgunj
spot_imgspot_imgspot_img

इस्लामिक स्टेटद्वारा भारतमा ‘प्रान्त’ खोलेको घोषणा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । आतंकवादी संगठन इस्लामिक स्टेट९आइएस०ले भारतीय भूमिलाई समेटेर नयाँ विलाया अर्थात् प्रान्तको घोषणा गरेको छ । इस्लामिक स्टेटसँग आवद्ध समाचार संस्था अमाकले जारी गरेको विज्ञप्तिमा भारतीय भूमिलाई नयाँ विलाया अल हिन्द अर्थात् भारतीय प्रान्तको संज्ञा दिएको हो ।

- Advertisement -

भारत प्रशासित कश्मीरको सोपियान जिल्लामा रहेको अम्सिपोरा क्षेत्रमा भारतीय सुरक्षा बल र इस्लामिक स्टेटसँग आबद्ध लडाकुबीच भीडन्त भएको समाचार सम्प्रेषण गर्दै अमाकले विलाया अल हिन्दमा आफ्ना ‘सेना’ ले भारतीय सुरक्षा बलमाथि क्षति पु¥याएको दाबी गरेको हो ।

इस्लामिक स्टेटले यसअघि सिरिया र इराकसहित उत्तर अफ्रिका, इजिप्ट, लिबिया, नाइजेरिया, यमन, अफगानिस्तान र पाकिस्तान तथा विश्वका अन्य क्षेत्रलाई समेटेर विलायाको घोषणा गर्दै आएको छ । तर, इस्लामिक स्टेटले यसअघि भारतीय भूमिलाई भने आफ्नो ‘प्रान्त’ को घोषणा गरेको थिएन ।

- Advertisement -

हाल सिरिया र इराकमा निकै नै कमजोर रहेको इस्लामिक स्टेटले विश्वका अन्य क्षेत्रमा आफ्नो प्रभाव देखाउनका लागि नयाँ स्थानमा आफ्ना प्रान्तको स्थापना गरेको हुनसक्ने बताइएको छ ।

यसअघि इस्लामिक स्टेटले नै श्रीलंकामा गराएको श्रृङ्खलाबद्ध आत्मघाती बम आक्रमणमा २ सय ५० भन्दा धेरैको मृत्यु भएको थियो । दक्षिण एशियामा इस्लामिक स्टेटले आफ्नो तागत देखाउनका लागि आक्रमण गरेको हुनसक्ने आशंका गरिएको थियो ।

केही समयअघि इस्लामिक स्टेटका प्रमुख अबु बकर बगदादीले जारी गरेको भिडियोमा विलाया तुरकिया अर्थात् ‘इस्लामिक स्टेटको टर्की प्रान्त’ लेखिएको पुस्तक पढिरहेको देखिएको थियो । यसअघि इस्लामिक स्टेटले टर्कीमा आफ्नो ‘प्रान्त’ को घोषणा भने गरेको थिएन । त्यसअघि प्रजातान्त्रिक गणतन्त्र कङ्गोको भूभाग समेटेर पनि इस्लामिक स्टेटले विलाया वसद इफरिरिकया नामक प्रान्तको घोषणा गरेको थियो ।

ताजा समाचार

spot_img

थप समाचार