आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
आइत, चैत्र १२, २०७९
Sun, March 26, 2023
13.8 C
Kathmandu
16 C
Kathmandu
23 C
Birgunj

तस्कर,अपराधी तथा दलालसँग हात नमिलाएको पर्साका प्रहरी उपरिक्षक ढकालको दावी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मनोज पटेल/वीरगन्ज,२८ बैशाख —पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले आफु कहिले पनि गुण्डा,तस्कर,अपराधी तथा दालालहरुसँग हात नमिलाएको दावी गर्नु भएको छ ।

- Advertisement -

नेपाल पोष्ट डेलीसँग शनिवार विशेषकुराकानी गर्दै प्रहरी उपरिक्षक ढकालले एक—काद व्यक्तिले गल्ती गर्दैमा िसंगो प्रहरी संगठन नै गल्त छ भन्न नमिल्ने बताउँनु भयो ।

पर्सामा आए देखि नै शान्ति सुरक्षा,अपराध नियन्त्रण तथा तस्करी रोकथामका लागि दत्तचित भएर काम गर्दै आएको बताउँदै उपरिक्षक ढकालले मेरो कामको मुल्याङ्क मैले भन्दा पनि यहाँका जनसमुदायले गर्नु पर्ने वताउँनु भयो । अधपि पर्साको एक बर्षको बसाईमा पर्सा प्रहरीले थुपै हत्यारा,तस्कर तथा जघन्य प्रकृतिका घटनाका दोषीहरुलाई कानुनको कठघरामा उभ्याएको वहाँले वताउँनु भयो ।

- Advertisement -

वहाँले शान्ति सुरक्षा अपराध नियन्त्रण वाहेक प्ररही गाउँ गाउँमा कुरुती विरुद्धको अभियान चलाएको तथा व्यवस्थित वीरगन्ज अभियानमा पनिसकृयका साथ लागेको वताउँनु भयो । गत आर्थिक बर्षको तुलनामा पर्सा प्रहरीले करोर्डौ मुल्य बराबरको राजस्व छलीको माल समान नियन्त्रण गरी भन्सारलाई बुझाएको बताउँदै मेरो कार्यकालमा तस्कर धेरै हद सम्म ढटेको पनि दावी गर्नु भयो ।

कत्र्तव्य ज्यानका मुदामा दोषी देखिएका अपराधीहरुलाई पर्सा प्रहरीले पक्राउ गर्न सफल भएको तथा केहि अपराधीको खोजी कार्य अन्तिम चरणमा रहेको उपरिक्षक ढकालले बताउँनु भयो । प्रहरी उपरिक्षक ढकालले मलाई बदनाम गर्न प्रयासहरु पनि भएको भए पनि त्यसबाट आफुलाई झनै सचेत हुन सहयोग गरेको वताउनु भयो ।

एक बर्षको पर्सा वसाईको क्रममा नागरिक समाज,पत्रकार तथा राजनितिक दलका प्रतिनिधि सवैसँग राम्रो सहयोग पाएको उपरिक्षक ढकालले वताउनु भयो । वहाँसँग गरिएको पुरा कुराकानी सुन्न भिडियोमा क्लिक् गर्नु होला ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -