मधेश प्रदेशमा ५० बिचौलिया पक्राउ, प्रहरीको निगरानी तीव्र

spot_img

बीरगन्ज,१८ वैशाख । नेपाल प्रहरीले पछिल्लो एक महिनामा देशभर सञ्चालन गरेको निगरानी तथा कारबाही अभियानअन्तर्गत सेवाग्राहीलाई झुक्याउने र अनावश्यक दुःख दिने ४ सय १७ जना बिचौलियालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमध्ये सबैभन्दा धेरै काठमाडौँ उपत्यकाबाट १ सय २३ जना रहेका छन्। त्यसपछि बागमती प्रदेशबाट ७६, मधेश प्रदेशबाट ५०, कोशीबाट ४५, लुम्बिनीबाट ४४, सुदूरपश्चिमबाट २८, गण्डकीबाट २७ तथा कर्णाली प्रदेशबाट २४ जना पक्राउ परेका छन्।

पक्राउ परेकामध्ये १ सय २१ जनाविरुद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। बाँकी २ सय ९६ जनालाई आवश्यक अनुसन्धान र सोधपुछपछि रिहा गरिएको छ। प्रहरीले नागरिकमैत्री, पारदर्शी तथा बिचौलियामुक्त सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै देशभरका सरकारी तथा सार्वजनिक सेवा कार्यालय वरपर हुने यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय