मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.9 C
Birgunj

आइपिएलको फाइनल खेलमा सट्टाबाजी गर्ने बाराका ३ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३० बैशाख — इन्डियन प्रिमियर लिग (आइपिएल) को आईतबार राती समापन भएका खेलमा हारजीतको जुवा खेलाउने र खेल्ने तीनजना बारामा पक्राउ परेका छन् ।

- Advertisement -

आइपिएल क्रिकेटमा कलैयाका केही मानिसहरुले रकम हारजित हुने गरी सट्टाबाजी खेली रहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बाराको कलैया घुसुकपुर टोल निवासी हरेराम साहको घरमा सट्टाबाजी भईरहेको अवस्थामा हरेराम सहित दरोगा अंसारी र राकेश साहलाई क्रिकेट म्याचमा बाजी लगाएको नगद ९४ हजार सहित प्रहरीले पक्राउ गरेको हो ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक रञ्जितसिंह राठौरले पक्राउ परेका तीनजना बिरुद्ध मुलुकी फौजदारी अपराध (संहिता) २०७४ को परिच्छेद ५ को दफा १२५ को उप दफा ४ बमोजिम सट्टाबाजी (जुवा) मुद्दामा कारबाही भइरहेको बताउनुभयो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -