Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा...

काभ्रे,०२ मंसिर ।  जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

राष्ट्रपति भण्डारी जनकपुरमा आउँदै शुरक्षा व्यवस्था एकदमै कडा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुुर, ३० बैशाख — जनकपुरमा जानकी नवमी महामहोत्सवको रौनक देखिएको छ । वैशाख ३० अर्थाथ आज मनाउने जानकी नवमी महोत्सवको अवसरमा जानकी मन्दिरलाई सजाइएको छ ।

आधुनिकक बत्ती बालेर मन्दिरलाई झकिझकाउ बनाइउको छ । साधुसन्तको भिडभाड बढ्दै गएको छ । मंगलधनले जनकपुरधाम गुञ्जयमान छ । भक्तजनको चहलपहलसमेत बढ्दै गएको छ ।

आज जानकी नवमीको दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी बन्ने भएकाले शुरक्षा व्यवस्था एकदम कडा पारिएको जानकी मन्दिर उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी बताउनुभयो ।

जानकी नवमीले छोरीको गरिमाको महत्वलाई फेरि एक पटक नेपाली समुदायलाई झकझक्याएको छ । महोत्सवको पहिलो दिन देखिनै राम कथा प्रवचन, नवाह रामायण पाठ र साँझ मंगलगानको कार्यक्रम रहेको छ । जन्ममोत्सवको विशेष कार्यक्रम आज सुरु हुने जानकी मन्दिरका उत्तराधिकारी दासले बताउनुभयो ।

तीन वर्षअघिदेखि जानकी नवमीलाई भव्यताका साथ मनाउन थालिएको हो । महोत्सवमा वैष्णव राम कथाको लागि वृन्दावन उत्तर प्रदेश भारतका वालव्यास सन्त हरिशरण उपाध्यायलाई बोलाइएको छ । प्रवचनका लागि मन्दिर बाहिर प्राङ्गणमा भव्य पंडाल लगाइएको छ ।
जानकी नवमीमा यसपटक शोभायात्रा, दूधमती साही स्नान, रामायण मेला, राम र सीतालाई केन्द्रित गरी कवि गोष्ठी, रामायणमा आधारित प्रश्नोत्तर प्रतियोगिता, मिथिला चित्रकला सम्बन्धी प्रदर्शनी, प्रादेशिक भाषाको सांस्कतिक सहितका कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।

ताजा समाचार

थप समाचार