Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सातै प्रदेशका मुख्यमन्त्री र...

काठमाडौँ,०९ वैशाख । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई लक्षित गर्दै दायर गरिएको...

एमाले बीरगन्ज महानगर कमिटीको...

बीरगन्ज,०९ वैशाख । नेकपा (एमाले) बीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान...

कक्षा १२ को परीक्षा...

काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

सुनको मूल्य आकासियो,तोलामा २...

काठमाडौँ, ९ वैशाख । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार...
spot_imgspot_imgspot_img
27.1 C
Kathmandu
35.6 C
Birgunj
spot_imgspot_imgspot_img

आगलागीमा परेर सल्यानमा ३ जनाको मृत्यु

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सल्यान । गर्मीयाम सुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ । सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा ३ जनाको मृत्यु भएको छ ।

- Advertisement -

जङ्गलको आगो घरमा आउन थालेपछि निभाउने प्रयास गर्दै गर्दा छत्रेश्वरी गाउँपालिका९६ सिमपानीका ५५ वर्षीया पुन्टी बोहरा र शारदा नगरपालिका(९ दुवेरीका ६० वर्षीय गोवर्धन पुनको यही वैशाख २८ गते घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीमा गम्भीर घाइते भएका छत्रेश्वरी(६ सिमपानीका ४० वर्षीय खगेन्द्र बोहराको उपचारका क्रममा काठमाडौँमा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । अहिलेसम्म आगलागीमा परेर छत्रेश्वरी(७ मा अन्नपात लत्ता कपडासहित आठ घर, कालीमाटी गाउँपालिका(१ मा चार घर जलेर नष्ट भएका छन् ।

- Advertisement -

जिल्लाका सुरक्षा निकाय तथा स्थानीयले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन सकेको छै्रन । आगो निभाउन जिल्लामा पर्याप्त साधन उपलब्ध नभएकाले आगो नियन्त्रणमा आउन नसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक विमल डाँगीले बताए ।

आगो लगाउने कार्यमा संलग्न भएको भन्दै एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । शारदा–२ मा रहेको चन्द्रपाला सामुदायिक वनमा आगो लगाउँदै गर्दा सोही ठाउँका रामबहादुर वलीलाई पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।

जिल्लाका कपुरकोट, छत्रेश्वरी, कालीमाटी गाउँपालिका र शारदा नगरपालिका भित्रका सामुदायिक वनमा भिषण आगलागी भइरहेको डिभिजन वन कार्यालयका अधिकृत थीरबहादुर कार्कीले जानकारी दिए ।

‘जिल्लाका विभिन्न स्थानमा आगो लागेपछि वन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयले प्रयास गरिरहेका छन्, हावाहुरी र सल्लाका रुख बढी भएकाले आगो नियन्त्रण गर्न गाह्रो भएको छ’, उनले भने । हालसम्म आगोले जिल्लाका ११ सामुदायिक वनको तीन हजार हेक्टर बढी क्षेत्रफल वन सखाप भएको बताइएको छ ।

ताजा समाचार

spot_img

थप समाचार