spot_img

समाजमा विकृतीको रुपमा जरो गाडेको दहेज प्रथाको अन्त्यका लागि सबै कजुट भएर लाग्न सांसद यादबको आग्रह

spot_img
spot_img

बीरगंज, १ ज्येष्ठ — पर्सा क्षेत्र न.१ का सांसद प्रदिप यादबले बिशेष गरी तराइमा समाजमा विकृतीको रुपमा जरो गाडेको दहेज प्रथाको अन्त्यका लागि सबै जाती र समुदायलाई एकजुट भएर लाग्न आग्रह गर्नु भएको छ ।

 

वीरगंज महानगरपालीका वडा नम्बर २४ रामगढवामा निर्माण हुन लागेको गोपाल सेवा समितीको भवनको शिलान्यास गर्दै सांसद यादबले सबै जातजाती समुदायले समाजको क्लयाणको लागी जातीय संस्थाहरु पनि सक्रिय हुन जरुरी रहेको बताउनुभयो ।

सांसद यादवले बालबालीकाको उज्वल भविष्यका लागी शिक्षाको क्षेत्रबाट बञ्चीत नगर्न हामीले आफना बालबालीकालाई स्कुल पठाउने कार्यमा विषेश ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।
गोपाल सेवा समितीका अध्यक्ष सुरेन्द्र यादवको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य जनार्दन यादव, समाजवादी पार्टीका पर्सा जिल्ला सह इन्चार्ज राम नरेश यादव, शिक्षक महासंघका प्रतिनिधि शिवनारायण यादव, कृषीका पुर्व हाकीम कैलाश यादव, नेपाली कांग्रेसका जिल्ला सदस्य विरेन्द्र यादव, समाजवादी पार्टीका महानगर अध्यक्ष इश्वर यादव, गोपाल सेवा समितीका पदाधिकारी लगाएत स्थानीयको उल्लेखनीय उपस्थीती रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय