१ सय ५० बोरा केराउ र ३२ कार्टुन बियर बरामद

spot_img

बीरगंज, २ ज्येष्ठ — जिल्ला प्रहरी कार्यालय पर्साले गैरकानुनी तवरले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ३ हजार ७ सय ४० किलो केराउ र ३२ कार्टुन टाईगर क्यानबियर बरामद गरेको छ ।

बीरगंज महानगरपालिका वडा न.१६ इनर्वा बाट ना ६ ख ८००२ नम्बरको पिक अप गाडीमा लैजाँदै गरेको १ सय ५० बोरामा रहेको केराउ का साथै बियर बरामद गरेको हो ।

बरामद सामाग्री आवश्यक कारवाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय