spot_img

Update: भाइको गोली प्रहारबाट घाइते बनेका दाइको मृत्यु

spot_img
spot_img

पर्साको जिराभवानी गाउँपालिका वडा न १ बलुवामा भाइको गोली प्रहारबाट घाइते बनेका दाइको मृत्यु भएको छ। आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै ३८ वर्षीय भाइ शेख सराजुदिनले ५५ वर्षीय दाइ शेख फारुख अन्सारीमाथि गोली प्रहार गरेका थिए।

आफ्नो श्रीमती संग अनैतिक सम्बन्ध राखे पछि, भाइले दाइलाई गोलि हानि गम्भिर घाइते

निज शेखको नारायणी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि बीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा रिफर गरिएको थियाे। त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौँ लैजाने क्रममा आज बिहान ३ बजे बिचबाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अन्नतराम शर्मा ले जानकारी दिनुभयो ।

गोली प्रहार गर्ने भाइ शेष सराजुदिनलाई स्थानीयको सहयोगमा नलकटुवा पेस्तोल र सो मा लाग्ने तीन राउन्ड गोली र एकथान खोका सहित प्रहरि चौकी महादेव पटिले पक्राउ गरेको थियो।

पक्राउ गरिएका सराजुदिन लाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक राजेश चौधरीले जानकारी दिनुभयो ।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय