spot_img

महोत्तरीको गौशालामा खर्बौं मुल्य बराबरको ५२ बिघा जग्गा अतिक्रमण

spot_img
spot_img

वीरगन्ज, ३ ज्येष्ठ — महोत्तरीको गौशालामा गाई संरक्षणका लागि छुट्ट्याइएको खर्बौं मुल्य बराबरको ५२ बिघा जग्गा अतिक्रमण गरिएको छ । जग्गा कब्जा गरेर चरण क्षेत्र मासि कम्तीमा ६ वटा गाउँमा पक्की घर बनेका छन् ।

१९८३ मा भारत विहार प्रान्तका दरभंगा महाराजले १५ सय गाई संरक्षण गर्न भनी दुई सय बिघा चरण क्षेत्र छुट्ट्याएर ‘निगौल गाई गौशाला’ स्थापना गरेका थिए । दरभंगा महराजले ब्रह्मदेव ठाकुरमार्फत गाईको व्यवस्थापन गरेका थिए । त्यसपछि उनले जग्गा नेपाल सरकारलाई हस्तान्तरण गरे ।

सुरुमा गौशालाको व्यवस्थापन तत्कालीन बडा हाकिमले गर्थे । त्यसपछि अञ्चलाधीश हुँदै २०४७ सालमा सीडीओ मातहत आयो। मुलुकको सबैभन्दा पुरानो गौशाला केही वर्षसम्म अलपत्र रह्यो। २०६७ जेठ १९ गते मन्त्रिपरिषद्ले गौशालाको सञ्चालन, व्यवस्थापन तथा विकासको जिम्मा राष्ट्रिय सहकारी विकास बोर्डमार्फत गर्ने निर्णय ग¥यो ।

‘गौशाला बडाहाकिम, अञ्चलाधीश र सीडीओ मातहत गएपछि जग्गा रेखदेख भएन,’ राष्ट्रिय सहकारी बोर्डका पूर्वसञ्चालक रामचन्द्र सिंह कुश्वाहाले भने, ‘गौशालामा बजार लगाउन केही जग्गा बिटौरीमा दिइयो । त्यसपछि जग्गा अतिक्रमण हुन थाल्यो ।
२०६७ भदौमा गृह मन्त्रालयले गौशालाको चलअचल सम्पत्तिसहित १ सय ५७ बिघा जग्गा कृषि मन्त्रालयलाई हस्तान्तरण गरेको पूर्वअध्यक्ष कुश्वाहाले बताउनुभयो । तीमध्ये दुई कित्ता जग्गा सरकारको नाममा थियो ।
निगौल गाई गौशालाका तत्कालीन म्यानेजर दीपनारायण राउतले १३ फागुण २०५९ बिरौटीका नाममा टुक्राटुक्रा जग्गा बाँडेका थिए। विभिन्न समयमा ८८ जना र ३२ जना गरी एक सय २० जनाले बिटौरीका नाममा लिएको जग्गा कब्जा गरी मनोमानी ढंगले पक्की मल ठड्याइएका छन्। नवराजपुरका रामेकवला साहले दुई पुस्तादेखि गौशालाको जग्गामा घर बनाएर बसिरहेको बताउनुभयो । उहाँले नेताहरूकै कारण गौशाला अतिक्रमणमा परेको आरोप लगाउनुभयो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय