मासु खाए ५० हजार जरिवाना

spot_img

यस्तो अचम्म लाग्दो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । चुमनुब्री गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष पेमा डुन्डुप लामाले भनेका छन्- अब हाम्रो वडाभित्र पशुपंक्षी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिवाना हुन्छ ।

वडाअध्यक्ष लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’

उनका अनुसार जरिवानाबाट संकलन हुने रकम अहिंसा अभियानमा खर्च गरिने छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय