मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

एसईई को परीक्षा तालिका...

काठमाडौं,०१ माघ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१...

जय ट्रफी उपाधिका लागि...

बीरगन्ज,०१ माघ । जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आजदेखि...

माघे संक्रान्ति देशभरी धुमधाम...

काठमाडौ,०१ माघ । आज माघ १ गते देशभरि विविध परम्परा र आस्थाका साथ...

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...
spot_imgspot_imgspot_img
10.1 C
Kathmandu
13.9 C
Birgunj
spot_imgspot_imgspot_img

राजपा अध्यक्षमण्डलको नेतृत्व फेरियो , अनिल झाले पाए जिम्मेवारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, ५ जेठ –  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी फेरिएकाे छ।  राजपाको अध्यक्ष मण्डलको बैठकले सोमबारदेखि अनिलकुमार झालाई संयोजक बनाउने निर्णय गरेको अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

- Advertisement -

पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणालीअनुसार परिवर्तन हुने प्रावधानका सम्बन्धमा झाले जिम्मेवारी पाएका हुन् । संयोजक भण्डारी अवधि आजैबाट सकिँदैछ । यसैबीच राजपाले पार्टीको विधान २०७४ को धारा २७ बमोजिम धारा उपधारामा संशोधन गरेको जनाएको छ । विधानमा २ वर्षभित्र महाधिवेशन गर्ने उल्लेख भएकामा त्यस अवधिभित्र महाधिवेशन गर्न नसकेपछि विधान संशोधन गरी ३ वर्षभित्र गर्न सकिने बनाइएको हो ।

पार्टी विधानअनुसार निर्वाचन आयोगले विसं २०७६ वैशाखभित्र महाधिवेशन गर्न म्याद दिएको थियो तर उक्त मितिमा महाधिवेशन गर्न नसकेपछि राजपाले असारसम्मको समय मागेको थियो । असारसम्म पनि महाधिवेशन नहुने भएपछि विधानको ३१ ९१०० मा रहेको २ वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्थालाई संशोधन गरेर ३ वर्ष बनाइएको छ ।

- Advertisement -

राजपाको महाधिवेशनको पछिल्लो मिति कात्तिक २८, २९ र ३० गतेका लागि तोकिएको छ । विधान संशोधन नगर्दा राजपालाई विसं २०७६ असार मसान्तभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता हुन्छ । जेठ २ देखि ५ गतेसम्म बसेको अध्यक्ष मण्डलको बैठकले विधान संशोधन गरी अध्यक्ष मण्डलको व्यवस्था पनि हटाएको राजपाको विज्ञप्तिमा उल्लेख छ । विधानको दफा ३१ ९१२० मा यसअघि महाधिवेशनपछि पनि अध्यक्ष मण्डलको व्यवस्था राखिएकामा त्यसलाई हटाएर एकल अध्यक्ष रहने व्यवस्था गरिएको छ ।

यस्तै विधानको धारा ३१ ९७० मा रहेको पार्टीको कुनै पनि तह वा स्तरमा समिति बनाउँदा राजपा नेपालमा एकीकृत ६ वटै दलको सम्बन्धित स्तरका कार्य समितिमा आपसी सहमतिका आधारमा मात्रै गठन गर्ने व्यवस्थालाई पनि राजपाले हटाएको छ । यसअघि सङ्क्षिप्त विधानमा निर्वाचित सदस्य, पदाधिकारीका लागि सपथग्रहणको व्यवस्था छुट्न गएकामा अनुसूची ४ मा सपथग्रहणको व्यवस्था गरिएको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार