Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एमाले बीरगन्ज महानगर कमिटीको...

बीरगन्ज,०९ वैशाख । नेकपा (एमाले) बीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान...

कक्षा १२ को परीक्षा...

काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

सुनको मूल्य आकासियो,तोलामा २...

काठमाडौँ, ९ वैशाख । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार...

भारतका विद्युत् मन्त्री खट्टर...

काठमाडौं,०९ वैशाख । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई...
spot_imgspot_imgspot_img
27.1 C
Kathmandu
35.6 C
Birgunj
spot_imgspot_imgspot_img

निस्ट सोसाइटीले ठोरी ३ का सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागी आजदेखि निशुल्क आधारभुत कम्प्युटर तालिम सन्चालन

spot_imgspot_img
spot_img

सिफारिस

जेठ ६ सामाजिक सँस्था निस्ट सोसाइटीले ठोरी ३ का सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागी आजदेखि निशुल्क आधारभुत कम्प्युटर तालिम सन्चालन गरेको छ।ठोरी गाउँपालिकाका युवाहरुद्वारा गठित सामाजिक सँस्था निस्टले आयोजना गरेको तालिमको एक कार्यक्रमकाबीच ठोरी ३ को नेरा मावि ओडारमा जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर प्रसाद न्यौपानेले उद्घाटन गरेका छन् ।सामुदायिक रेडियो बिजयबस्ती को फोटो।

- Advertisement -

तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका उपसभापति न्यौपानेले निस्टले थालेको सामाजिक अभियानको सर्हाना गर्दै यसले ठोरीको युवाहरूमा सामाजिक भावनाको विकास गर्ने विश्वास व्यक्त गरे।उनले कार्यक्रममा ठोरीका सबै सामुदायिक माध्यमिक विद्यालयमा सुचनाप्रविधिको सामग्री लगायत कम्प्युटर खरिद गर्न आफुले पहल गरिरहेको जानकारी दिए।सोही कार्यक्रममा निस्टका सचिव सोम श्रेष्ठले निस्ट विशुद्ध सामाजिक सँस्था भएको बताउँदै आफू जन्मेको ठाउँको मायाले ओतप्रोत भएर नै युवाहरूको व्यक्तिगत इच्छाशक्ति र जमर्कोमा निस्ट जन्मिएको विचार व्यक्त गरे।कार्यक्रमका विशिस्ट अतिथि समेत रहेका श्रेष्ठले आफू जन्मेको ठाउँको विकासमा सबैले ध्यान दिन सके चाडै नै विकास हुने बताउँदै निस्टको माध्यमबाट सबै युवाहरूलाई सामाजिक कार्यमा गोलबन्द हुन र समाजको रुपान्तरणमा सहभागी हुन आग्रह गरे।सामुदायिक रेडियो बिजयबस्ती को फोटो।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक रेडियो विजयवस्तिका अध्यक्ष सन्तोष श्रेष्ठले २०७० देखि सरकारले सामुदायिक विद्यालयमा कम्प्युटर विषयको पाठ्यक्रम लागू गरेको भएपनि जनशक्ति अभावमा कम्प्युटर विषय नै बोझ बनेको भन्दै निस्टले थालेको अभियानले कम्प्युटर विषय अध्ययनअध्यापनमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।उनले कम्प्युटर पाठ्यक्रम व्यवस्था गरेर जनशक्ति परिचालन गर्न सरकार उदासीन भएको बेला निस्टले कम्प्युटर शिक्षामा ध्यान दिएकोमा खुसी व्यक्त गरे।यसैगरी सोही कार्यक्रममा नेकपाका युवा नेता खगेन्द्र श्रेष्ठले पछिल्लो समय सूचना प्रविधिमा भएको विकासले कम्प्युटरको महत्त्व असाध्यै बढिरहेका बेला निस्टले कम्प्युटर तालिम सन्चालन गरेकोमा प्रशंसा गर्दै स्थानीय सरकारले पनि यस्ता सामाजिक सँस्थालाई समाज विकासमा साथ लिएर हिड्नुपर्ने धारणा राखे।यस्तै ब्रम्हपुरी आधारभूत विद्यालयका प्रधानाध्यापक सुर्य बहादुर खड्काले निस्टको सामाजिक अभियानबाट प्रभावित भएको बताउँदै निस्टको सदस्य बन्न मन लागेको विचार व्यक्त गरे ।

- Advertisement -

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा,ठोरी ३ कि सदस्य भिम कुमारी श्रेष्ठ,विव्यस पदाधिकारीहरु,स्थानीय अभिभावक , सहभागी विद्यालयका प्रधानाध्यापकहरु,निस्टका सदस्यहरु लगायत शिक्षक विद्यार्थीको सहभागीता थियो।नेरामावि ओडारका प्रधानाध्यापक भुपाल कुमार जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सोही विद्यालयका शिक्षक चिरञ्जीवी सापकोटाले सहजीकरण गरेका थिए ।

ठोरी ३ का गृष्म आधारभूत विद्यालय रामनगर ,नेरा मावि ओडार,ब्रम्हपुरी आधारभूत बिद्यालय र सरस्वती आधारभूत विद्यालयका २० जना विद्यार्थीहरु सहभागी तालिम ४५ दिनसम्म सन्चालन हुने आयोजक निस्टका सदस्य खडक श्रेष्ठले जानकारी दिए ।तालिममा सहभागीहरुलाई प्रशिक्षक अरुण खड्काले तालिमअवधिभर सहजीकरण गर्ने उनले जनाए ।

यसअघि ठोरी ४ का सामुदायिक विद्यालयहरुमा सिलिङ पङ्खा वितरण ,गत बर्षको बाढीका कारण घरबार बिहिन एक दलित परिवारका लागी घरनिर्माण गर्ने लगायतका विभिन्न सामाजिक कार्य गरेको निस्टले यसबर्षदेखि ठोरी ३ मा सामाजिक कार्य प्रारम्भ गरेको हो

ताजा समाचार

spot_img

थप समाचार