Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

विप्लव नेतृत्वका कार्यकर्ता र प्रहरीबीच भोजपुरमा गोली हानाहान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ७ जेठ
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच भोजपुरमा गोली हानाहान भएको छ ।
भोजपुरको ट्याम्केमैयुम गाँउपालिका वडा न. १ स्थित धोद्रे जंगलमा जिल्ला प्रहरी कार्यालय भोजपुर र १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रहरीको गस्ती टोली र विप्लवका कार्यकर्ताबीच गोलि हानाहान भएको हो ।
सो क्रममा प्रहरीले विप्लवका एक जना कार्यकर्तालाई पेस्तोलसहित पक्राउ गरेको छ । करिब १५ जनाको संख्यामा रहेका हतियारधारी विप्लवका कार्यकर्ता र प्रहरीबीच जंगलमा झडपको अवस्था भएको हो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हतियारधारी समूहलाई रोक्न खोज्दा एक जनाले कम्मरमा भिरेको पेस्तोल निकालेर फायरिङ गर्न खोजेको प्रहरीले जनाएको छ । प्रहरीको तर्फबाट जवाफी फायरिङ गर्ने क्रममा भोजपुरको षडानन्द नगरपालिका २ बस्ने ३२ वर्षीय तीर्थराज घिमिरेलाई पक्राउ गरिएको हो ।
प्रहरीले घिमिरेको बाँया खुट्टामा गोली हानेको छ । उनको साथबाट एकथान कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली ५ थान, लामो बाइनाकुलर एक थान, डेटोनेटर ४ थान, डेटोनेटर कर्ड करिब २० मिटर र बारुद बरामद गरेको छ ।
घिमिरेको साथबाट नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ती, पर्चा, पम्प्लेटसमेत बरामद भएको छ । भागेका अन्य हतियारधारीको खोजी तीब्र पारिएको प्रदेश कार्यालयले जनाएको छ ।

ताजा समाचार

थप समाचार