सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
12.1 C
Kathmandu
12.7 C
Kathmandu
20.7 C
Birgunj

राष्ट्रपति निर्वाचनको परिणामपछि जाकार्तामा झडप हुँदा ६ जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जकार्ता । इन्डोनेसियाका राजधानी जाकार्तामा राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिएलगत्तै शुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रर्दशनकारीबीचमा भएको झडपमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै २ सय भन्दा बढी व्यक्ति घाइते भएका छन्।

- Advertisement -

स्थानीय समयअनुसार बुधबार बिहान ९ बजेसम्म ६ व्यक्तिको मृत्यु हुनुको साथै करिब २ सय भन्दा बढी घाइते भएका मध्य जाकार्तामा रहेको एक अस्पताल स्रोतले जानकारी दिएको छ। गए रातिबाट शुरु भएको यो झडप ५ घण्टासम्म जारी रहेको थियो।

विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित भएका थिए। जाकार्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा भएपछि राष्ट्रपति विडोडोको निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोका समर्थकहरुले निर्वाचनमा धाँधली भएको दाबी गर्न थालेका थिए।

- Advertisement -

सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएको त्यहाँको निर्वाचन ्आयोगले जनाएपछि उनको विरोधमा प्रर्दशनकारीहरुले प्रर्दशन शुरु गरेका थिए। निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका थिए।

निर्वाचन आयोगले मतगणना गरिसकेपछि स्थानीय समयानुसार मङ्गलबार बिहान १ः४६ मा विडोडोलाई पुनः राष्ट्रपतिमा विजय भएको घोषणा गरेको थियो। इण्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ।

सन् २०१४ मा पनि विडोडोले ५३.१५ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६.८६ प्रतिशत प्राप्त गरेका थिए। निर्वाचनको परिणाम बाहिरीएपछि प्राबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेका थिएनन्।

उनले पाँच वटा प्रान्तमा निर्वाचन फेरि गराउनुपर्ने अडान लिएका छन्। यी प्रान्तमा धाँधली भएको प्राबोवोको दाबी छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -