मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.9 C
Kathmandu
20.5 C
Kathmandu
29.3 C
Birgunj

इण्डोनेसियामा चुनावपछि भएको हिंसात्मक गतिविधिमा ६ जनाको मृत्यु, दर्जनौँ प्रदर्शनकारी गिरफ्तार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

इण्डोनेसियाका नव निर्वा्चित राष्ट्रपति जोको विडोडोको विरोधमा पुनस् निर्वाचनको माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा ६ जनाको ज्यान गएको अन्तर्रा्ष्ट्रिय सत्र्चार माध्यमले जनाएका छन् । २ सयजना भन्दा बढी घाइते भएका छन् ।

- Advertisement -

राजधानी जकार्तामा राष्ट्रपति विडोडोको विरोधमा मंगलबारसम्म शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए । तर मंगलबार आन्दोलनले हिंस्रक रुप लियो ।

प्रदर्शनकारीहरुले कारमा आगो लगाए, प्रहरीमाथि पटाका पनि प्रहार गरे । प्रदर्शनकारीहरुको भिडलाई तितर–बितर बनाउन प्रहरीले जवाफी कारबाहीमा अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले दर्जनौँ प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ ।

- Advertisement -

चुनाव परिणाममा राष्ट्रपति विडोडोले आफ्ना लामो समयका प्रतिद्वन्द्वी प्रवोओ सुविआन्तोलाई पराजित गरेका थिए । इण्डोनेशियाको निर्वाचन आयोगले राष्ट्रपति पदमा ५५ दशमलव ५ प्रतिशत मत ल्याउँदै विडोडो विजयी भएको बताएको छ ।

मे २१ मा विडोडो राष्ट्रपतिमा निर्वा्चित भएपछि सुविआन्तोका पक्षधरहरुले प्रदर्शन गरिरहेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -