Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

इण्डोनेसियामा चुनावपछि भएको हिंसात्मक गतिविधिमा ६ जनाको मृत्यु, दर्जनौँ प्रदर्शनकारी गिरफ्तार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

इण्डोनेसियाका नव निर्वा्चित राष्ट्रपति जोको विडोडोको विरोधमा पुनस् निर्वाचनको माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा ६ जनाको ज्यान गएको अन्तर्रा्ष्ट्रिय सत्र्चार माध्यमले जनाएका छन् । २ सयजना भन्दा बढी घाइते भएका छन् ।

राजधानी जकार्तामा राष्ट्रपति विडोडोको विरोधमा मंगलबारसम्म शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए । तर मंगलबार आन्दोलनले हिंस्रक रुप लियो ।

प्रदर्शनकारीहरुले कारमा आगो लगाए, प्रहरीमाथि पटाका पनि प्रहार गरे । प्रदर्शनकारीहरुको भिडलाई तितर–बितर बनाउन प्रहरीले जवाफी कारबाहीमा अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले दर्जनौँ प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ ।

चुनाव परिणाममा राष्ट्रपति विडोडोले आफ्ना लामो समयका प्रतिद्वन्द्वी प्रवोओ सुविआन्तोलाई पराजित गरेका थिए । इण्डोनेशियाको निर्वाचन आयोगले राष्ट्रपति पदमा ५५ दशमलव ५ प्रतिशत मत ल्याउँदै विडोडो विजयी भएको बताएको छ ।

मे २१ मा विडोडो राष्ट्रपतिमा निर्वा्चित भएपछि सुविआन्तोका पक्षधरहरुले प्रदर्शन गरिरहेका छन् ।

ताजा समाचार

थप समाचार