spot_img

असिनापानी सहितको हावाहुरीमा परी एक किशोरीको मृत्यु

spot_img
spot_img

बीरगंज, ९ जेठ — बुधबार साँझ आएको असिनापानी सहितको हावाहुरीमा परी एक किशोरीको मृत्यु भएको छ । पर्साको पकाहामैनपुर गाउँपालिका वडा न.१ धोरे निवासि दिनेश सहनीकी १५ वर्षीय छोरी श्रुतीकुमारी सहनी हावाहुरीको समयमा गाउँकै स्थानीय बजारबाट तरकारी लिएर घर फर्कदै गर्दा ओत लागेको रुखको हाँगो भाचिएर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागि वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गराएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्जकै नेशनल मेडिकल कलेजमा रिफर गरिएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय