spot_img

वी च्याट र अली-पेले नेपालमा वैधानिक रुपमा कारोबार गर्न

spot_img
spot_img

काठमाडौं, ९ जेठ – चिनियाँ मोबाइल एपहरु वी च्याट र अली-पेले नेपालमा वैधानिक रुपमा कारोबार गर्न चाहेको चिनियाँ अधिकारीले बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ दूतावासका अर्थ वाणिज्य हेर्ने काउन्सुलर जाङ फाङले उनीहरू वैधानिक रुपमा नेपाल आउन इच्छुक रहेको बताएका हुन् ।राजश्वको दायराभन्दा बाहिर रहेको भन्दै हालै राष्ट्र बैंकले वी च्याट र अली-पेलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाएको थियो ।

यसबाट नेपालमा घुम्न आउने पर्यटकहरु बढी प्रभावित भएका छन् ।नेपालका अधिकारीहरुलाई यी मोबाइल एपको प्रतिबन्ध फुकुवाको लागि पहल गरिदिन उनले आग्रह गरे ।

नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरुको संख्या उल्लेख्य रहेको भन्दै उनले भने, ‘अन्यथा, पर्यटन क्षेत्रको ठूलो बजार नेपालले गुमाउने छ ।’चिनियाँ वी-च्याट, अली-पेसहित सबै मोबाइल एपहरुले नेपालको कानुन पालना गर्नुपर्ने कुरामा आफूहरु स्पष्ट रहेको उनले बताए । पर्यटकले धेरै प्रयोग गर्ने मोबाइल पेमेन्ट एपजस्ता पूर्वाधार र अपरेटरहरु निर्माण गर्न उनले नेपालका अधिकारीहरुलाई सुझावसमेत दिए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय