Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

जीवन बीमा कम्पनीले ९ महिनामै ४६ अर्ब रुपैया कमाए

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं १० जेष्ठ — जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनामा ४६ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । उक्त अवधिमा मुलुकभरि सञ्चालनमा रहेका १९ बीमा कम्पनीहरुले ४५ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

- Advertisement -

गत आर्थिक वर्ष २०७४र७५ मा जीवन बीमा कम्पनीहरुले ५१ अर्ब २ करोड १३ लाख ९४ हजार रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका थिए । यस वर्ष ९ महिनामै करिब ४६ अर्ब पुगेपछि वर्षको अन्त्यसम्म ठूलै अंकले वृद्धि हुने संकेत देखिएको छ।

चालु आर्थिक चैत्र मसान्त सम्म जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमाबाट मात्रै १ अर्ब ६३ करोड ७९ लाख १३ हजार रुपैयाँ आर्जन गरेका छन् । यस अवधिमा अन्य बीमा मार्फतबाट कम्पनीहरुले ४४ अर्ब २२ करोड ५२ लाख ८७ हजार रुपैयाँ आर्जन गरेका छन् ।

- Advertisement -

यस अवधिमा बीमा कम्पनीहरुले ३ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ बीमा कम्पनीहरुले दावी भुक्तानी दिएको बीमा समितिले जनाएको छ। चैत मसान्तसम्म ३ अर्ब ६८ करोड २ लाख रुपैयाँ बराबरको बीमा दावी परेको थियो ।

बीमा समितिका अनुसार दावी परेकोमध्ये ३ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ बीमा कम्पनीहरुले दावी भुक्तानी दिएको र अझै ५२ करोड ९१ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।

ताजा समाचार

spot_img

थप समाचार