Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

जीवन बीमा कम्पनीले ९ महिनामै ४६ अर्ब रुपैया कमाए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं १० जेष्ठ — जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनामा ४६ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । उक्त अवधिमा मुलुकभरि सञ्चालनमा रहेका १९ बीमा कम्पनीहरुले ४५ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

गत आर्थिक वर्ष २०७४र७५ मा जीवन बीमा कम्पनीहरुले ५१ अर्ब २ करोड १३ लाख ९४ हजार रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका थिए । यस वर्ष ९ महिनामै करिब ४६ अर्ब पुगेपछि वर्षको अन्त्यसम्म ठूलै अंकले वृद्धि हुने संकेत देखिएको छ।

चालु आर्थिक चैत्र मसान्त सम्म जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमाबाट मात्रै १ अर्ब ६३ करोड ७९ लाख १३ हजार रुपैयाँ आर्जन गरेका छन् । यस अवधिमा अन्य बीमा मार्फतबाट कम्पनीहरुले ४४ अर्ब २२ करोड ५२ लाख ८७ हजार रुपैयाँ आर्जन गरेका छन् ।

यस अवधिमा बीमा कम्पनीहरुले ३ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ बीमा कम्पनीहरुले दावी भुक्तानी दिएको बीमा समितिले जनाएको छ। चैत मसान्तसम्म ३ अर्ब ६८ करोड २ लाख रुपैयाँ बराबरको बीमा दावी परेको थियो ।

बीमा समितिका अनुसार दावी परेकोमध्ये ३ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ बीमा कम्पनीहरुले दावी भुक्तानी दिएको र अझै ५२ करोड ९१ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।

ताजा समाचार

थप समाचार