Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

निर्मलालाई न्याय दिलाउन सरकार चुक्यो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १० जेठ — कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको १० महिना पुग्दा पनि निर्मलालाइ न्याय दिलाउनमा सरकार चुकेको छ ।
घटना भएको १० महिना वितिसक्दा पनि अपराधी पत्ता लाग्न नसक्नुमा सरकारको सुरक्षा ब्यबस्थामा प्रश्न चिह्न खडा भएको छ ।
निर्मला हत्याकाण्डमा सरकारले विभिन्न समिति बनाएर अनुसन्धान गरे पनि अहिले सम्म कुनै उपलब्धि हात पार्न सकेको छैन ।
सिआइबीसहित आधा दर्जन बढी प्रहरी टोलीले अनुसन्धान थाले पनि १० महिनासम्म घटनामा संलग्न व्यक्ति पहिचान हुन सकेको छैन ।
शुरु शुरुमा थुप्रै संघ संस्था तथा नागरीक समाजले आन्दोलन र दबाबका कार्यक्रम गरेपनि लामो समयसम्म दोषि पत्ता नलागेपछि अहिले आन्दोलन र दवावका कार्यक्रम पनि सेलाउँदै गएका छन् ।

- Advertisement -

निर्मलाकी आमा दुर्गादेवी भने अझै छोरीको न्याय पाउने आशमा विभिन्न निकायमा भौंतारिइरहनुभएको छ ।
निर्मलाको हत्यापछि पीडित पक्षलाई न्याय दिलाउन मन्त्रीदेखि सबै राजनीतिक दलले विभिन्न आश्वासन दिएपनि सबै आश्वासन आशामै सिमित रहेका छन् ।

१०÷१० महिना बितिसक्दा समेत अपराधी पत्ता लाग्न नसकेकाले अब छोरीले न्याय पाउनेमा आशा मर्दै गएको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन् ।

- Advertisement -

बिभिन्न अधिकारकर्मीहरुले सरकारले नै अपराधिलाई लुकाउन खोजेकाले कारबाही नभएको आरोप लगाएका छन् ।
गत साउन १० गते हराएकी उनको ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।
दोषीलाई पक्राउ गरी कारबाही गरेर पीडित परिवारलाई न्याय दिन सकेमा मात्र कानुनी राज्यको अनुभूति गर्न सकिन्छ ।

ताजा समाचार

spot_img

थप समाचार