Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

निर्मलालाई न्याय दिलाउन सरकार चुक्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १० जेठ — कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको १० महिना पुग्दा पनि निर्मलालाइ न्याय दिलाउनमा सरकार चुकेको छ ।
घटना भएको १० महिना वितिसक्दा पनि अपराधी पत्ता लाग्न नसक्नुमा सरकारको सुरक्षा ब्यबस्थामा प्रश्न चिह्न खडा भएको छ ।
निर्मला हत्याकाण्डमा सरकारले विभिन्न समिति बनाएर अनुसन्धान गरे पनि अहिले सम्म कुनै उपलब्धि हात पार्न सकेको छैन ।
सिआइबीसहित आधा दर्जन बढी प्रहरी टोलीले अनुसन्धान थाले पनि १० महिनासम्म घटनामा संलग्न व्यक्ति पहिचान हुन सकेको छैन ।
शुरु शुरुमा थुप्रै संघ संस्था तथा नागरीक समाजले आन्दोलन र दबाबका कार्यक्रम गरेपनि लामो समयसम्म दोषि पत्ता नलागेपछि अहिले आन्दोलन र दवावका कार्यक्रम पनि सेलाउँदै गएका छन् ।

निर्मलाकी आमा दुर्गादेवी भने अझै छोरीको न्याय पाउने आशमा विभिन्न निकायमा भौंतारिइरहनुभएको छ ।
निर्मलाको हत्यापछि पीडित पक्षलाई न्याय दिलाउन मन्त्रीदेखि सबै राजनीतिक दलले विभिन्न आश्वासन दिएपनि सबै आश्वासन आशामै सिमित रहेका छन् ।

१०÷१० महिना बितिसक्दा समेत अपराधी पत्ता लाग्न नसकेकाले अब छोरीले न्याय पाउनेमा आशा मर्दै गएको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन् ।

बिभिन्न अधिकारकर्मीहरुले सरकारले नै अपराधिलाई लुकाउन खोजेकाले कारबाही नभएको आरोप लगाएका छन् ।
गत साउन १० गते हराएकी उनको ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।
दोषीलाई पक्राउ गरी कारबाही गरेर पीडित परिवारलाई न्याय दिन सकेमा मात्र कानुनी राज्यको अनुभूति गर्न सकिन्छ ।

ताजा समाचार

थप समाचार