नक्कली नोटसहित पाकिस्तानी नागरिक विमानस्थलमा पक्राउ

spot_img

काठमाडौँ — नेपाल प्रहरी र विमानस्थल भन्सारको स‌ंयुक्त टोलीले पाकिस्तानबाट नेपाल आएका पाकिस्तानी नागरिक नसिरुद्धिनलाई ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

उनको साथमा रहेको सुटकेसमा २ हजार दरको नोटको बण्डलहरु रहेको बताइएको छ ।

एउटा सुटकेसमा रहेको नोट गनेर अर्को सुटकेसमा रहेको नोट गन्ने कार्य भइरहेको प्रहरी स्रोतले बताएको छ ।

पाकिस्तानी नागरिक नसिरुद्धिनको नेपालमा नक्कली भारतीय नोटको कारोबारमा पक्राउ परेर छुटेका युनिस अन्सारीसँग सम्बन्ध रहेको दाबी प्रहरीले गरेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय