शनिबार, असार ८, २०८१
Sat, June 22, 2024

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान...

८ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

८ असार, चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ...

क्यानडामा हुने ग्लोबल टी-२०...

८ असार, काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने...

पाँच प्रदेशमा मनसुनको प्रभाव...

८ असार, काठमाडौं । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी...
26.1 C
Kathmandu
33.3 C
Birgunj

नक्कली भारु सहित युनुस अन्सारी पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । जाली नोट प्रकरणमा जेल सजाय कटाएर रिहा भएका युनुस अन्सारी पुनः नक्कली भारतीय रुपैयाँ सहित पक्राउ परेका छन् ।

- Advertisement -

युनुसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीले युनुस पक्राउ परेको पुष्टि गरे ।

नक्कली भारतीय नोटसहित कतारको दोहाबाट काठमाडौं उत्रिएका ३ जना पाकिस्तानी नागरिकलाई ‘रिसिभ’ गर्न पुगेको बेला युनुस पक्राउ परेका हुन् ।

- Advertisement -

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले ठूलो परिमाणमा भारुसहित ६ जना पक्राउ परेको बताए ।

युनुस आफुसहित आफ्ना अन्य २ जना सहयोगी (नेपाली नागरिक) लिएर नक्कली नोट लिएर आएका पाकिस्तानी नागरिकलाई रिसिभ गर्न विमानस्थल पुगेका प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीले अहिले बरामद भएको भारु नोटको मुचुल्का उठाउने काम भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार करिब ५ करोड बढी भारुसहित ६ जना पक्राउ परेका हुन् । यद्यपि नोट गन्ने काम जारी रहेको प्रहरीको भनाइ छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार